अर्काको घर भाँडेर पैसा कमाउँछन् यी पुरुष
म्याड्रिड । पैसा कमाउन मान्छेले अनेकौँ काम गर्छन् । कसैले राम्रो काम गर्छन् । छिटै धनी हुन् केहीले नराम्रो बाटो पनि अपनाउँछन् । स्पेनमा भने एक पुरुषले अनौठो तरिकाले पैसा कमाइरहेका छन् । यी पुरुषको काम अरूको बन्नै लागेको घर गृहस्थी भाँड्ने हो ।
बेहुला वा बेहुलीको प्रेमी बनेर आफूसँग भाग भन्दै हुन लागेको बिहे भाँड्छन् यिनी । टिकटकमा एउटा भाइरल भिडियोमा देखिएपछि एर्नेस्टो नाम गरेका यी पुरुषको चर्चा चुलिएको हो ।
अधिकांश मान्छेको लागि बिहे आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन हो । तर केहीलाई यो दुःस्वप्न कहिले नआए पनि हुन्थ्यो जस्तो पनि लाग्न सक्छ । यस्ता मान्छेहरूले एर्नेस्टोलाई पैसा दिएर आफ्नै बिहे भाँड्न लगाउँछन् । ५०० युरोमै यिनले आफ्नो ग्राहकको बिहे भाँडिदिन्छन् ।
कुनै शङ्का छ, बिहे गर्न मन छैन वा म त सँग बिहे गर्दिन भनेर सिधै भन्न अप्ठ्यारो लागेको भए म तिम्रो बिहे भाँडिदिन्छु भनेर भाइरल भिडियोमा एर्नेस्टोले भनेका छन् । ‘तिमी मलाई बस समय, स्थान र मिति भने म वैवाहिक कार्यक्रममा कुप्लुक्क आउनेछु । अनि म तिम्रो प्रेमी वा हुन मेरा हातमा हात राखेर भाग भनेर भन्नेछु ।’ अझ अगाडि उनले भनेका छन् ।
सुरुमा एर्नेस्टोले यो सेवा मजाक वा ठट्टाको रूपमा सुरु गरेका थिए । तर एक पछि अर्को गर्दै यस्तो खालको अनुरोध आउन लागेपछि उनले यसलाई पेसा नै बनाए । एउटा बिहे भाँडेको उनी ५०० युरो लिन्छन् । यसमा गाडी भाडा आदि समावेश हुन्न ।
बिहेमा आफूमाथि कुट पिट भयो वा झापड खाए भने यी सबैको पनि उनले अरू पैसा असुल्छन् । हरेक झापडको लागि उनले ५० युरो लिन्छन् । उनको यो सेवा यति लोकप्रिय छ कि नोभेम्बर २ सम्म उनी प्याक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ हिरासत फिर्ता
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?