बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बुढीलाई नचिनेको नम्बरबाट तारन्तार फोन गर्ने पुरुष पक्राउ

आइतबार, ३० भदौ २०८१, ११ : ४०
आइतबार, ३० भदौ २०८१

टोकियो । जापानमा प्रहरीहरूले एक जना ३८ वर्षीय पुरुषलाई समातेका छन् । तारन्तार फोन गरेर आफ्नै नै बुढीको चियोचर्चा गरेको आरोपमा ती पुरुष पक्राउ परेका हुन् ।

जुलाई १० देखि जापानको ह्युगो प्रिफेक्चरको आमागासाकीकी ३१ वर्षिया महिलाको फोनमा अनौठो खालको कल आउन थाल्यो । फोन गर्ने व्यक्ति केही पनि बोल्दैनथे ।

हप्तौँसम्म यस्तै भयो । फोन अज्ञात नम्बरबाट आएको थियो । त्यसैले ब्लक गर्न पनि सकिनन् । अधिकांश दिनमा त दर्जनौँ पटक फोन आउँथ्यो । तर कहिलेकाहीँ सय भन्दा धेरै कल आउँथ्यो ।

अचम्मको कुरा चाँहि के थियो भने रातको समयमा घरमा ती महिलाले श्रीमानको फोनबाट भिडियो गेम खेलिरहँदा भने फोन आउँदैनथ्यो । त्यसपछि उसको मनमा शङ्का उठ्यो ।

बारम्बार फोन आउन नरोकिएपछि महिला को रहेछ भन्ने सोच्न बाध्य भइन् । अनि फोनको प्रवृत्ति केलाउन थालिन् । यसक्रममा उनलाई आफ्नै बुढामाथि शङ्का लाग्न लाग्यो ।

राति बुढाबुढी एउटै खाटमा सुतेको समयमा वा बुढोको फोनमा भिडियो गेम खेलिरहेको समयमा कहिले पनि फोन आएन । त्यसपछि महिलाले प्रहरीको मद्दत लिइन् ।

अनि आफ्नै बुढामाथि शङ्का भएको बताइन् । छानबिन गर्दै जाँदा प्रहरीले यी सबै अज्ञात फोन कलको पछाडि महिलाको पति भएको थाहा पाए ।

अनि कसैलाई पिछा गर्नु नहुने जापानी कानुन तोडेको आरोपमा उनलाई सेप्टेम्बर ४ मा समाते । आफूले बुढीलाई निकै माया गर्ने भएकोले केही नबोली फोन गर्ने गरेको बताए । तपाईँहरूले पनि यस्तै गल्ती त गरिरहनु भएको छैन ?  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप