शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनी सभाको  बैठक बस्दै, यस्ता छन् कार्यसूची

आइतबार, ३० भदौ २०८१, ११ : ३३
आइतबार, ३० भदौ २०८१

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

सभामा प्रस्ताव पेस  भएपछि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने गरी निर्णयार्थ प्रस्तुत  गरिने जनाइएको छ ।

२०८० असारको २२ गते प्रदेश सभामा पेस भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणीकरण गरेका थिए।

यस्तै बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची समेत प्रदेश सचिव दुर्लभ पुन मगरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप