बुन्डेसलिगा इतिहासकै दोस्रो छिटो गोल, केनको ह्याट्रिक र बायर्न म्युनिखको जित

काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले आफ्नो विजययात्रा जारी राखेको छ । बायर्न म्युनिखले शनिबार राति सम्पन्न आफ्नो पछिल्लो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी होल्स्टेन किएलविरुद्ध गोल वर्षा गर्यो ।
बायर्न म्युनिख म्युनिखले होल्स्टेनलाई ६–१ गोलको विशाल अन्तरले हराएको हो । बायर्न म्युनिखको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । बुन्डेसलिगाको इतिहासमा भएको यो दोस्रो सबैभन्दा छिटो गोल हो । होल्स्टेन किएलले तल्लो डिभिजनबाट माथि उक्लिएर यो सिजनको बुन्डेसलिगा खेलेको हो ।
जितसँगै बायर्न म्युनिख अंक तालिकाको पहिलो स्थानमा फर्किएको छ । खेल सुरु भएको १३ औँ सेकेन्डमै बायर्न म्युनिखले अग्रता लिएको थियो । बायर्न म्युनिखका लागि जमाल मुसिएलाले पहिलो गोल गरेका थिए ।
सातौँ मिनेटमा ह्यारी केनले टोलीको अग्रता दोब्बर बनाएका थिए । १३ औँ मिनेटमा होल्स्टेनका निकोलाई रेमबर्गबाट आत्मघाती गोल भएपछि बायर्न म्युनिख ३–० ले अगाडि बढेको थियो । पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि ह्यारी केनले ब्यक्तिगत रुपमा दोस्रो गोल थपेका थिए ।
यसैगरी, निर्धारित समयको ६५ औँ मिनेटमा माइकल ओलिसले बायर्नका लागि पाँचौँ गोल गरेका थिए । खेलको ८२ औँ मिनेटमा होल्स्टेनका लागि आर्मिन गिगोभिचले सान्त्वना गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा ह्यारी केनले आफ्नो ह्याट्रिक पुरा गरेका थिए । उनले पेनाल्टीमार्फत उक्त गोल गरेका थिए ।
पहिलो स्थानमा आसिन बायर्न म्युनिखले तीन खेलबाट नौ अंक बटुलेको छ । तीन खेल खेलेको बोरुसिया डर्टमन्ट सात अंकसहित दोस्रो स्थानमा आसिन छ । तालिकामा सबैभन्दा तल रहेको होल्स्टेनले भने लगातार तेस्रो हार भोगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा