अभिनेता धिरजसँगै ‘रुकुम मैकोट’ गीतमा नाचे पूर्व उपराष्ट्रपति पुन
काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् । यही सिलसिलामा शनिबार अभिनेता धिरज मगर नेपाल मगर सांस्कृतिक सङ्घ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगितामा पुगेका थिए ।
कार्यक्रममा अभिनेता मगरले ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत देखाए । कार्यक्रमको प्रमुख अतिथिमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन रहेका थिए । अभिनेता मगरले नृत्य गर्दा पूर्व उपराष्ट्रपति पुनले पनि नृत्यमा साथ दिएका थिए ।
कार्यक्रममा अभिनेता मगरलाई पूर्व उपराष्ट्रपति पुन सांस्कृतिक सङ्घको लोगो अङ्कित पगरी लगाइदिँदै सफलताको शुभकामना दिए ।
रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो युकेमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई फिल्मबाट विश्वलाई चिनाउन लागि परेको भन्दै आफूले समय मिलाएर ‘खुस्मा’ हेर्ने बाचा समेत पूर्व उपराष्ट्रपति पुनले गरे ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि ठुलो पर्दाको यो डेब्यु फिल्म हो । डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले ९ वटा विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् ।
वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको फिल्मको सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।
फिल्ममा धिरज र उपासनाका अलावा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ । एसडी योगी र छान्जु पार्क (कोरियन)को सङ्गीत फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
खेम सेन्चुरीलाई शिव परियारको सुझाव : अरू जस्तो बन्ने प्रयास नगर्नु
-
क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू
-
रित्तो गाग्री लिएर सिंहदरबार जाने हर्क राईको घोषणापछि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
-
खैरो हिरोइनसहित १ जना पक्राउ