कविता
बालापनको संसार
आइतबार, ३० भदौ २०८१, १० : २२

सपनाहरू सँगै खेल्छन्,
शाहरूको बगैंचामा,
निश्चल मुस्कान बोकेर,
बालापनले सजाउँछ सपना।
आकाशजस्तै हो उनीहरूको मन
फैलिएको छ निरन्तर,
चुनौतीका बादलहरूमा पनि
उडान भर्छन् kª\खहरू फिजाएर।
सपना मात्र होइन उनीहरू
सृष्टिका अनमोल उपहार हुन्
समाजको उज्यालो भविष्य
हर दिनमा नयाँ संसार।
प्रत्येक नानीमा छ शक्तिको धारा
सम्पूर्ण संसार बदल्ने आधार
प्रेम र करुणाले सिँगारेको
बालापनको यो सुन्दर संसार।
-बालदिवसको शुभकामना_