बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

‘मुक्कुमलुङ’ मञ्चन गर्दै शिल्पी

आइतबार, ३० भदौ २०८१, १० : १२
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । डा. चित्र माबोको कथासङ्ग्रह ‘डोलीभर्ना’मा आधारित नाटक ‘मुक्कुमलुङ’ (विश्वासको शक्ति) काठमाडाैँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक नियमित मञ्चन हुने नाटकको परिकल्पना तथा नाट्य रूपान्तरण राजन मुकारुङले गरेका हुन् । ‘मुक्कुमलुङ’का निर्देशक रंगकर्मी पवित्रा राई हुन् ।

नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बु, स्मृति कुलमर, उज्ज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारको अभिनय रहने छ ।

यसैगरी उक्त नाटकको संजित थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सञ्जीव योगीको लाइट डिजाइन रहेको छ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षसमेत रहेका डा. चित्र माबोको कथासङ्ग्रह डोलीभर्ना केही समयअघि साङ्ग्रिला बुक्सले बजारमा ल्याएको थियो ।

पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यस बसोबास गर्ने लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयहरूमा लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित छ ।

मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रूपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ । पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?