प्रिमियर लिग फुटबल : नटिङ्घम फरेष्टले ५५ वर्षपछि लिभरपुललाई उसैको घरमा हरायो
![प्रिमियर लिग फुटबल : नटिङ्घम फरेष्टले ५५ वर्षपछि लिभरपुललाई उसैको घरमा हरायो](https://npcdn.ratopati.com/media/news/oooo_YipfhPxsJZ.png)
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो लिभरपुलले अप्रत्याशित हार भोगेको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नटिङ्घम फरेष्टले लिभरपुलमाथि १–० गोलको रोमाञ्चक जित हासिल गरेको हो ।
जारी सिजनको प्रिमियर लिगमा लिभरपुलको यो पहिलो हार हो । उपाधिको लक्ष्यसहित नयाँ प्रशिक्षक अर्न स्लटको नेतृत्वमा प्रिमियर लिग यात्रामा होमिएको लिभरपुलले यसअघि लगातार तीन खेलमा जित हात पारेको थियो । स्लट योर्गेन क्लोपको स्थानमा लिभरपुलको प्रशिक्षक बनेका हुन् ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा लिभरपुलका प्रभावशाली स्ट्राइकरहरु नटिङ्घम फरेष्टको बलियो रक्षापँक्तिलाई चिर्न असफल देखिए । निर्धारित समयको ७२औँ मिनेटमा कलुम हड्सन ओडोईले गोल गरेपछि घरेलु समर्थक निराश बनेका थिए ।
नटिङ्घम फरेष्टले ५५ वर्षपछि एनफिल्डमा जित हासिल गरेको हो । यसअघि सन् १९६९ को फेब्रुअरी नटिङ्घम फरेष्टले एनफिल्डमा लिभरपुललाई हराएको थियो । लिभरपुलको अप्रत्याशित हारले म्यानचेस्टर सिटीलाई भने फाइदा पुगेको छ ।
चार खेलबाट नौ अङ्क हात पारेको लिभरपुल तालिकाको दोस्रो स्थानमा आसीन छ । यसअघि खेलिएको तीन खेलमा लिभरपुलले एक गोल पनि खाएको थिएन । तालिकाको पहिलो स्थानमा आसीन म्यानचेस्टर सिटीले लगातार चार जितबाट १२ अङ्क बटुलेको छ ।
नटिङ्घम फरेष्टले भने जारी सिजनको प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नटिङ्घम फरेष्ट हालसम्म अपराजित छ । चारमध्ये दुई खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको नटिङ्घम फरेष्ट आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरु भयो फिल्म ‘पीआर’को छायाङ्कन
-
एडल्ट ड्रामा ‘दु:खी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
-
८ करोडभन्दा बढी खर्चेर बनाइयो पालिकाको पक्की भवन
-
आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ? ः शिशिर खनाल
-
प्रतिनिधिसभा बैठकको सुरुवातमै सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकबिच सवाल जवाफ
-
फेरि दुर्घटनामा परे अजित कुमार