ध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)
_PHdagzl3y8.jpg)
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो।
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ । यो काठमाडौँमा मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो, रमाइलो र महत्त्वपूर्ण जात्राको रूपमा इन्द्रजात्रालाई लिने गरिन्छ ।
इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहँदै आएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि आमा वसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन् र सित र हुस्सुले वातावरणलाई छोपेर कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याइएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने
-
ब्याटिङ मात्र गर्न पाउने शर्तमा मिचेल मार्शलाई आईपीएल खेल्ने अनुमति
-
जथाभाबी ईभी भित्रिन नदिन मापदण्ड बनाउँदै सरकार
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
-
‘पिताम्बर’ टिमले मनायो होली
-
पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक (तस्बिरहरू)