मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
चाडपर्व

ध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)

आइतबार, ३० भदौ २०८१, ०९ : ३७
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो।

indrajatra (2)

वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ ।  यो काठमाडौँमा मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो, रमाइलो र महत्त्वपूर्ण जात्राको रूपमा इन्द्रजात्रालाई लिने गरिन्छ ।

indrajatra (3)

इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहँदै आएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि आमा वसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन्  र सित र हुस्सुले वातावरणलाई छोपेर  कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याइएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ । 

indrajatra (4)indrajatra (5)indrajatra (6)indrajatra (7)indrajatra (8)indrajatra (9)indrajatra (10)indrajatra (11)indrajatra (12)indrajatra (13)indrajatra (14)indrajatra (15)indrajatra (16)indrajatra (17)indrajatra (18)indrajatra (19)indrajatra (20)indrajatra (21)indrajatra (22)indrajatra (23)indrajatra (24)indrajatra (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप