३ महिनापछि मैदानमा फर्किएका मेस्सीको ५ मिनेटभित्र दुई गोल
आइतबार, ३० भदौ २०८१, ०९ : २०

मियामी । लामो समय घाइते हुँदै मैदानबाहिर रहेर खेलमा फर्किएका लियोनेल मेस्सीले ५ मिनेटको अन्तरमा दुई गोल गरेपछि इन्टर मियामीले सहज जित हात पारेको छ । मेजर लिग सकर अन्तर्गतको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई ३–१ गोलले हराएको हो ।
कोपा अमेरिकाको फाइनलमा घाइते भएपछि ३७ वर्षीय मेस्सी ३ महिनाभन्दा बढी समय मैदान बाहिर रहेका थिए । उनले लिगमा पछिल्लो पटक जुन १ मा खेलेका थिए ।
आइतबारको खेलमा अग्रता भने फिलाडेल्फियाले लिएको थियो । दोस्रो मिनेटमा मिकायल उहरेले टोलीलाई अग्रता दिलाएका थिए ।
तर, मेस्सीले २६ औँ र ३० औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको अन्त्यतिर उनले लुइस सुवारेजका लागि तेस्रो गोलको अवसर सिर्जना गरे ।
अब मियामीले बुधबार एटलान्टाको सामना गर्नेछ भने सेप्टेम्बर २१ मा न्युयोर्क सिटी एफसीसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन