राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखले छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज राष्ट्रिय दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । बिहान ११ बजे सिंहदरबारमा हुने छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकलाई आमन्त्रण गरिएको सभामुखको सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिबारे निर्णय गरेका थिए । निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले संसद् अवरोध गरेको थियो ।
सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्योल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गरेका थिए । त्यहाँ पनि सत्ता पक्ष र विपक्षको आ आफ्ना अडानमा रहेका थिए ।
आज प्रतिनिधिसभा बैठक अगाडी यो विषयलाई सहमतिमा टुङ्गोमा पुर्याउने सभामुखको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा
-
८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
-
आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
-
संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य