साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दै छु : प्रधानमन्त्री
आइतबार, ३० भदौ २०८१, ०८ : ३०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल भइरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले लेखेका छन् -'साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईँहरूका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैँ झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’