इङ्लिस प्रिमियर लिगमा चेल्सी विजयी

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बर्नमाउथका फ्रान्सिस्को एभानलिसनले ३८ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा अग्रता लिन असफल भएको थियो ।
बर्नमाउथको मैदानमा खेल बराबरीतर्फ उन्मुख भएका बेला चेल्सीले ८६ औँ मिनेटमा गोलको खडेरी तोडेको थियो ।
चेल्सीका लागि क्रिष्टोफोर नुकुनुले जाडोन सान्चोको पासमागोल गरेका थिए । सोही गोल नै चेल्सीलाई जारी प्रिमियर लिगमा ३ अंक थप्न पर्याप्त रह्यो । चेल्सी जारी सिजनको चौथो चरणमा सात अंकका साथ तालिकाको सातौँ स्थानमा छ । चेल्सीसँग पराजित बर्नमाउथ भने ५ अंकका साथ ११ औँ स्थानमा छ । बर्नमाउथको पहिलो हार हो ।
प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले एर्भटमाथि ३–२ गोलको पुनरागमन जीत दर्ता गरेको छ । २ गोलले पछि परको एस्टनले उत्कृष्ट पुनरागमन गर्दै जीत दर्ता गरेको हो ।
एस्टनको मैदानमा पाहुना टोली एभर्टनले १६ औँ मिनेटमा अग्रता लिएको थियो । डिवेट म्याकनेलले गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाए । २७औँ मिनेटमा डोमोनिक कालभर्टले म्याकनेलको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
एस्टनले ३६ औं मिनेटमा पहिलो गोल फर्काउन सफल भयो । उसकाओले वाट्किन्सले लुकास डिग्नेको पासमा गोल गर्दै अन्तर २–१ मा ल्याए । ५८ औँ मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दा एस्टनले एभर्टनसँग खेल २–२ को बराबरीमा ल्याएको थियो ।
७६ औँ मिनटमा रोस बार्कलेको पासमा जोन डुरानले गोल गरेपछि अन्ततः घरेलु मैदानमा एस्टन भिल्लाले ३–२ को पुनरागमन जीत दर्ता गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल