पोर्चुगलमा हुने मौलिक कला प्रदर्शनी ‘वला फुटुरो’मा नेपालले सहभागी जनाउने
आइतबार, ३० भदौ २०८१, ०७ : २४

पोर्चुगल । पोर्चुगलमा हुने मौलिक कला प्रदर्शनी ‘नमस्ते भविष्य (वला फुटुरो)’ मा नेपालले सहभागी जनाउने भएको छ । युरोप लगायतका १५ वटा देशले सहभागी जनाउने सो प्रदर्शनीमा नेपालले आफ्नो कला संस्कृति दर्साउने भेसभुसा र नाचगानसहित सहभागी जनाउने नेपाल आदिवासी जनजाति महासङ्घका सचिवालय सदस्य टेकबहादुर थापाले बताए ।
‘हामीले नेपालको तर्फबाट सहभागी जनाउने अनुमति पाएका छौँ । यहाँ पहिलो पटक सरकारी स्तरमा हुने कला संस्कृति मा सहभागी हुन पाएका हौं । हामीले नेपाली भेसभुसा र मौलिक नाचगान प्रस्तुत गर्ने छौँ,’ थापाले भने ।
आज अर्थात सेप्टेम्बर १५ मा पोर्चुगलमा रुवा माक्स सिल्भाबाट मार्चपास गर्दै अल्मेदा पार्कमा कार्यक्रम समाप्त हुनेछ । थापाकाअनुसार नेपालको पञ्चेबाजा,परम्परागत पहिरन,मौलिकता दर्साउने नृत्यको प्रस्तुति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प