बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’

शनिबार, २९ भदौ २०८१, २३ : ०१
शनिबार, २९ भदौ २०८१

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा धवलशमशेर जबराले सबै मिलेर भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्ने बताएका छन् ।

बागेश्वरी असल शासन क्लब बास नेपालले आज यहाँ आयोजना गरेको ‘बास नेपाल पब्लिक स्पिच’ कार्यक्रममा उनले भने, “देशका जिल्लादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ । यसविरुद्ध अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।”

नेता डा.जबराले भ्रष्ट्राचारजन्य क्रियाकलापमा लाग्ने नेता तथा जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने र यसविरुद्ध जनताहरू पनि सचेत रहनुपर्ने धारणा राखे । क्लब (बास नेपाल) की केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले आफूहरूले विभिन्न निकायको सहयोगमा भ्रष्टाचार मुक्त अभियान सञ्चालन गरिरहेको र यसमा सबैको सहयोग रहे भ्रष्टाचार मुक्त राष्ट्र बनाउने अभियान सफल हुने विश्वास व्यक्त गरे । 

पब्लिक स्पिच कार्यक्रममा भाग लिएर उत्कृष्ट भएका सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतिस्पर्धी १५ जनामध्ये प्रथम भएका दिलबहादुर भण्डारीलाई रु ५० हजार, द्वितीय सुशीला धमलालाई रु ३० हजार, तृतीय गङ्गा घिमिरेलाई रु २० हजारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो ।

कार्यक्रममा करुणा खनाल तथा जेपी बुढाथोकीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप