डा. विन्दा पाण्डेको राजनीतिक बाटो
विन्दा पाण्डे (पीएचडी)को पुस्तक ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’ भर्खरै (जेठमा) बजारमा आएको छ । नाम अनुरूप यो पुस्तक एउटा संग्रहणीय दस्ताबेज हो ।
सामाजिक न्यायको कोणबाट पुस्तकको खोल वा नामलाई झट्ट हेर्दा भने महसुस हुन्छ, ‘सहभागिता’को ठाउँमा ‘समावेशिता’ किन राखिएन ! सायद यो लेखकको चलाखी हुन सक्छ । उसो त हामीकहाँ सहभागिता (पार्टिसिपेसन) र समावेशिता (इन्क्लुसिभ) शब्दमाथि त्यति फराकिलो आयामबाट बहस भएका छैनन् ।
यद्यपि हाम्रो संविधानमा समावेशसँग सम्बन्धित शब्द (समावेशी, समावेशीकरण र समावेशिता गरी) ५१ वटा परेका छन् । यसमध्ये एउटा मात्रै समावेशिता परेको छ, धारा ९७ (२) मा । हाम्रो सरकारी शब्दकोश (प्रज्ञा प्रतिष्ठान)ले भने समावेशिता र समावेशीकरण शब्द राखेको छैन ।
यो पुस्तकको नाममा सहभागिताको ठाउँमा समावेशिता शब्द परेको भए पुस्तकमा प्रस्तुत तथ्यांक र तर्कका आधारले फरक आयाम लिन्थे । अर्थात् महिला मात्रै भनेर पुग्दैनथ्यो; विभिन्न जात, जाति, समुदाय र क्षेत्रतिर पनि प्रवेश गर्नुपथ्र्यो ।
यद्यपि विन्दा यस्ती नेतृ हुन्, जसले विभिन्न मञ्चमा समावेशिताको मुद्दालाई उठाउँदै आएकी छन् । पहिलो संविधानसभामा उनी ‘मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति’को अध्यक्ष भएर काम गरेकी थिइन् । यो समितिलाई संविधानको चारवटा भाग लेख्ने जिम्मेवारी थियो— नागरिकतासम्बन्धीको भाग, मौलिक हकको भाग, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूको भाग र मौलिक कर्तव्यको भाग । पछि मौलिक कर्तव्यको भाग मौलिक हकमै गाभियो ।
मौलिक हक अन्तर्गत महिलाको हक, दलितको हक र सामाजिक न्यायको हकमा समावेशी शब्द परेका छन् ।
‘नुवाकोटमा जन्मेकी म एउटी छोरीलाई विद्यालयका पुरुष साथीहरूसँग काठमाडौँ आउने आँट भएन र म आइनँ,’ विन्दा भन्छिन्, ‘तर साथीहरूबाट समानताको कुरा सुनेर म विद्यार्थी राजनीतिमा लागेकी हुँ ।’
पहिलो संविधानसभाले संविधान लेख्न सकेन, यद्यपि सभासद् हुँदा आफूहरूले उठाएका थुप्रै बुँदा अहिलेको संविधानमा समेटिएको विन्दाको दाबी छ ।
विन्दा आजसम्म यस राज्यको राजकीय पदमा तीनपल्ट पुगिन्— २०५८ सालमा राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य, पहिलो संविधानसभामा सभासद् (समानुपातिक) र २०७४ सालमा संघीय सांसद् (समानुपातिक) भएर ।
‘समावेशीका कुरा गर्दा मैले र अर्कोले पनि कुर्सी छाड्नुपर्ला, हिजोदेखि किनारामा पारिएको मान्छेलाई त्यहाँ राख्नुपर्ला । त्यो अवस्थामा मैले अर्कै व्याख्या गर्न थाल्छु । त्यसकारण हामीले यो द्वैध चरित्र हटाउनुपर्छ,’ नेपाल अध्ययन केन्द्रद्वारा गत पुसमा आयोजित आजको वामपन्थ– २ गोष्ठीमा एमालेनेतृ विन्दा पाण्डेले आफ्ना धारणा राखेकी थिइन्, ‘मैले जे बोलिरहेकी छु, त्यो मेरो व्यवहारमा प्रतिविम्बित भइरहेको छ कि छैन, आज नागरिकले खोजेको यही हो ।’
देशमा पछिल्लो समय द्वैध चरित्रकै राजनीति उत्कर्षमा छ; नेताले राष्ट्रिय राजनीतिमा देखाइरहेको चरित्र नेताको जस्तो लाग्दैन, कुनै नाटक वा सिनेमामा अभिनेताले निभाएको चरित्रजस्तो प्रतीत हुन्छ । दलहरू एउटा गर्छु भनेर आन्दोलन गर्छन्, व्यवस्था पनि बदल्छन् तर आफ्नै बोलीलाई व्यवहारमा लागु गर्दैनन् । यस्तो देश, काल र परिस्थितिमा विन्दाले कम्तीमा सत्य बोल्ने आँट गरेकी थिइन् ।
नेताका बोली र व्यवहारबिच तादात्म्य नमिलिरहेको अवस्थामा यति सत्य बोल्ने विन्दाको पारिवारिक पृष्ठभूमि र राजनीतिक संघर्षको कथा कस्तो होला ? त्यसको केही महिनापछि यस जिज्ञासाबारे हामीले उनीसँग समय लिएर कुरा गरेका थियौँ ।
- अखिलप्रतिको चासो
विन्दाले पढ्ने नुवाकोटस्थित भैरवी मावि शिक्षक र विद्यार्थीको राजनीतिबाट प्रभावित थियो । २०३५/३६ सालतिर शिक्षकहरू पञ्चायती व्यवस्था ढाल्नका खातिर आन्दोलित थिए । वामपन्थी झुकावका विद्यार्थीहरू अखिल पाँचौँ र अखिल छैटौँमा विभाजित थिए ।
१२–१३ वर्षकी विन्दालाई जिज्ञासा भयो— यो अखिल भनेको के रहेछ ? उनले जवाफ पाइन्— विद्यार्थीको हकहित र महिला–पुरुष समानताका लागि लड्ने सङ्गठन हो अखिल । महिला र पुरुषबिचको समानताका लागि लड्ने भन्ने वाक्यांश विन्दालाई प्रिय लाग्यो, यसप्रति उनी थप जिज्ञासु बन्दै गइन् ।
२०३६ सालमा एकताको पाँचौँ राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भयो । विन्दाको स्कुलबाट पनि सम्मेलनमा सहभागी हुन केही छात्र काठमाडौँ जाने भए, विन्दालाई पनि सँगै जान भनिएको थियो । छात्रामा उनी मात्रै थिइन्, त्यसैले दुई–तीनजना छात्रसँग काठमाडौँ आउने हिम्मत उनले गरिनन् ।
कक्षाका बद्रीप्रसाद अर्याल, रामलाल श्रेष्ठ लगायत केटा साथीहरू सम्मेलनमा भाग लिएर फर्के । उनीहरूसँग विन्दाले सम्मेलनका बारेमा चासो राखिन् । साथीहरूले भने— अनेरास्ववियुले त महिला–पुरुष सबैको समानताको कुरा गर्दो रहेछ ।
‘नुवाकोटमा जन्मेकी म एउटी छोरीलाई विद्यालयका पुरुष साथीहरूसँग काठमाडौँ आउने आँट भएन र म आइनँ,’ विन्दा भन्छिन्, ‘तर साथीहरूबाट समानताको कुरा सुनेर म विद्यार्थी राजनीतिमा लागेकी हुँ ।’
एउटी छोरी मान्छेलाई अन्य छोरा मान्छेसँग एक्लै हिँड्न आँट किन हुँदैन ? किनभने कुनै त्यस्तो सत्ता छ, त्यस सत्ताले निम्त्याउँदै आएका विभिन्न घटना छन्, जसले छोरी मान्छेको आँटलाई कमजोर बनाइरहेका छन्— विद्यार्थी राजनीतिमा लाग्नुअघि नै विन्दालाई यस्तो बोध भइसकेको थियो । आफ्नो आँट निर्माण वा विकास गर्ने आधार उनले अखिलमा देखेकी थिइन् ।
नेपाली पढाउने शिक्षक अर्जुन पाण्डेले स्कुल छुट्टी भएपछि विन्दा लगायत केही विद्यार्थीलाई पार्टी र परिवर्तनका कुरा पढाउँदै जनवादी गीतहरूमा भाका मिलाउन सिकाए । विशेषतः जनवादी गीतहरूले नै विन्दालाई विद्यार्थी राजनीतिमा संगठित हुन प्रेरित गरे ।
पाँचौँ सम्मेलनमा काठमाडौँ आएका छात्रहरूले जनताका गीतहरूको पुस्तक लिएर गएका थिए । त्यस किताबमा जेबी टुहुरेका ‘आमादिदी बहिनी हो’ लगायत गीत थिए ।
आफ्नै पौरख खान्छन् ।
आफ्नै सीपमा बाँच्छन् ।
दुःख–कष्ट सहेर सृष्टि यिनले थाम्छन् ।
असल महान व्यक्तिहरू यिनैले जन्माउँछन् ।
ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन् ।
तर पनि अँध्यारोमा जीवन बिताउँछन् ।
आमा, दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर... ।
साथीहरू र शिक्षकले बिन्दालाई यो गीत गाउन सिकाए, यो गीत बिन्दाहरूले कक्षा कोठामै बसेर पनि गाउँथे ।
नेपाली पढाउने शिक्षक अर्जुन पाण्डेले स्कुल छुट्टी भएपछि विन्दा लगायत केही विद्यार्थीलाई पार्टी र परिवर्तनका कुरा पढाउँदै जनवादी गीतहरूमा भाका मिलाउन सिकाए । विशेषतः जनवादी गीतहरूले नै विन्दालाई विद्यार्थी राजनीतिमा संगठित हुन प्रेरित गरे ।
एक दिन (२०३७ चैत १४ गते) उनले पढिरहेको स्कुल बन्द हुने हल्ला आयो । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले देशव्यापी आम हडताल गरेको थियो । विद्यालय बन्द गराउन १४ वर्षीया विन्दा पनि सक्रिय भइन्, उनका लागि औपचारिक आन्दोलनको उद्घाटन यही नै थियो ।
२०३८ सालको कात्तिकमा नुवाकोटमा विद्यार्थी जिल्ला सम्मेलन भयो । त्यो सम्मेलन उनकै स्कुल (भैरवी मावि)मा भएको थियो, त्यतिबेला बिन्दा कोषाध्यक्ष भइन्, बद्री अर्याल जिल्लाको अध्यक्ष र चुवाडी स्कुलका मणि पनेरु सचिव भए । यसरी उनको संगठित जीवन सुरु भयो । जतिबेला उनी १४ वर्ष १० महिनाकी थिइन् ।
स्कुलमा नेवि सङ्घको त्यति सक्रियता थिएन, अखिल पाँचौँ र छैटौँका बिच प्रतिस्पर्धा भइरहन्थ्यो, बिन्दा अखिल पाँचौँतिर थिइन् । नुवाकोटमा पढाउने अधिकांश शिक्षक अखिल छैटौँका समर्थक थिए ।
एकपटक स्कुलको हेडसरको ‘खानपान’को विषयलाई लिएर विवाद भयो । विन्दाहरूले हेड सरलाई भने, ‘कि तपाईं यो बानी छाड्नुस्, नत्र हामी स्कुल छाड्छौँ ।’ विवाद बिन्दाहरूको पक्षमा गएन, अन्ततः उनीहरूले नै स्कुल छाड्नुपर्यो । अहिले सम्झँदा आफूहरूले त्यस्तो अडान किन लियौँ भन्ने जस्तो पनि लाग्छ उनलाई ।
त्यो विवादपछि बद्री र रामलाल त्रिशूली हाई स्कुल गए, उनी भने काठमाडौँ आइन् र वसन्तुपरको कान्तिश्वरीबाट एसएलसी गरिन्, २०३९ सालमा ।
विन्दाले लैंगिक असमानताको बोध घर–गाउँबाटै गरेकी थिइन् । महिलाहरूलाई अंश र वंशको हक नहुनु, पुरुषको तुलनामा महिलाहरू घरको काममा बढी जोतिनु, गाउँघरमा महिलाहरू हिंसामा परेको देख्नु, महिलाहरू बलात्कृत भएका खबर आउनु आदि विभेदकारी अवस्था र व्यवस्था देखेर उनलाई लाग्थ्यो, महिलामाथि विभेद किन छ ? यही जिज्ञासामा उनको चिन्तन र अध्ययन–मनन बढ्दै गयो । उनको आजसम्मको अध्ययन र अनुभवले भन्छ— महिला हिंसा र विभेदविरुद्ध पुरुषले पनि आवाज उठाउनुपर्छ ।
२०४४ सालतिर, एकपटक साँझ (९ बजेतिर) विन्दा कलेज पढेर र केही सांगठनिक काम सकेर घर फर्कंदै थिइन् । त्यतिबेला उनका दाइले कोटेश्वरमा घर बनाइसकेका थिए । उनले घरमा फोन गरेर भदालाई कोटेश्वर चोकसम्म लिन आउन भनिन् । भदाले मौकामा जवाफ फर्काए— घरमा सधैँ समानता भन्नुहुन्छ, त्यहीँ चोकबाट आउन सक्नुहुन्न ?’
विन्दाले भनिन्— मलाई जंगली जनावर र मजस्ता महिलाहरूको डर होइन, पुरुषभित्र रहेको राक्षसीपनसँग डर हो । त्यो राक्षसीपनसँग जोगिन तिमीहरूको उपस्थितिले सहज बनाउँछ ।’ विन्दाले यो प्रसंग आफ्नो पुस्तक ‘धर्तीमाथिको दाबी’मा पनि उल्लेख गरेकी छन् ।
‘महिला हिंसाको कारक पक्ष पुरुष हो भने यस्ता मुद्दामा उनीहरू बोल्नुपर्ने होइन ?’ उनी प्रश्न गर्छिन्, ‘महिला मात्र बोलेर यो समस्याको समाधान कसरी हुन सक्छ ?’
- पढ्ने अवसर
नुवाकोटको रावलस्वारा गाउँको एक मध्यम वर्गीय किसान परिवारमा २०२३ सालमा जन्मेकी विन्दा बुवाका १२ सन्तान (सात छोरी, पाँच छोरा)मध्ये ११औँ हुन् । दुई आमामध्ये उनकी आमातिर नौ सन्तान (६ छोरी, तीन छोरा) भए, आफ्नी आमातिरकी उनी आठौँ सन्तान हुन् ।
विन्दाको गाउँका बिचारी बा भन्नेले स्वयंसेवाको भावनाले पढाउँथे । उनीकहाँ पढ्न विद्यार्थीले घरबाट चकटी र काठको पाटी बोकेर जान्थे । बिचारी बाकहाँ गई कहिले ढुंगेखरीले पाटीमा लेखेर त कहिले पाटीमा धुलो माटो राखी त्यसमै छेस्काले कोरेर अक्षरसँग विन्दाको साक्षात्कार हुन पुग्यो ।
धार्मिक स्वभावका उनका बुवा फत्तबहादुर पाण्डेले छोराहरूलाई घरमै चण्डी लगायत धार्मिक पुस्तक पढाउँथे । बिन्दाकी आमा विष्णुमायाले भने छोराछोरीलाई आधुनिक शिक्षा पढाउनुपर्नेमा जोड दिइन्; जेठो छोरा इन्द्रराज र माहिला महेन्द्रबहादुर पाण्डेलाई त्रिशुली हाई स्कुल पठाउन थालियो । गाउँबाटै एसएलसी पास गरेपछि इन्द्रराजले कृषिमा स्कलरसिप पाएर नैनताल पढ्न गए । महेन्द्रले भने काठमाडौँमा पढ्न थाले ।
विन्दाका दिदीहरूले स्कुल जाने अवसर पाएका थिएनन् । विन्दाभन्दा माथिका दाइ राजुराज र दिदी सरितालाई स्कुल पठाइयो । २०२८ सालमा उनका तीन दिदीहरू (जेठी, माहिली, साहिँली)को एकैपटक बिहे भयो । बिहे हुँदा साहिँली दिदी १४ मा हिँड्दै थिइन् ।
विन्दाको गाउँका बिचारी बा भन्नेले स्वयंसेवाको भावनाले पढाउँथे । उनीकहाँ पढ्न विद्यार्थीले घरबाट चकटी र काठको पाटी बोकेर जान्थे । बिचारी बाकहाँ गई कहिले ढुंगेखरीले पाटीमा लेखेर त कहिले पाटीमा धुलो माटो राखी त्यसमै छेस्काले कोरेर अक्षरसँग विन्दाको साक्षात्कार हुन पुग्यो ।
इन्द्रराज नैनतालबाट फर्केर आफ्ना छोरालाई स्कुल पठाउन थाले, त्यही मेसोमा विन्दा पनि स्कुल जान पाइन् ।
गाउँदेखि नजिकै लामपाटी, शीतलपाटी र सेतोपाटी भन्ने ठाउँ छ; जुन नुवाकोट दरबार क्षेत्रमा पर्छ, त्यहीँ केटाकेटीलाई पढाइन्थ्यो । विन्दाले कक्षा २ र ३ त्यहीँ पढिन् । कक्षा ४ देखि उनले भैरवी माविमा पढ्न थालेकी थिइन्, जहाँ उनले राजनीति र महिला अधिकार पनि पढिन् ।
- एक चिर्कटोदेखि संविधानका धारासम्म
वसन्तपुरस्थित कान्तिश्वरी स्कुलमा गएको पहिलो दिन, बिनायुनिफर्म विन्दा स्कुलको प्राङ्गणमा टहलिएर नौलो परिवेश नियाल्दै थिइन् । विरोध खतिवडा, भीम न्यौपाने लगायत तत्कालीन विद्यार्थी नेतालाई गिरफ्तार गरेर हनुमानढोका राखिएको रहेछ । उनीहरूले विन्दालाई देखे र एउटा कागजको चिर्कटो फाले ।
नुवाकोटमा सम्मेलन हुँदा उनलाई विरोध खतिवडाले चिनेका थिए । टंक कार्की, भीम न्यौपाने आदि विन्दाका दिदी र दाइका साथी थिए, उनीहरू पनि काठमाडौँस्थित विन्दाको दाइको डेरामा आउने–जाने गरिरहन्थे । त्यतिखेर उनकी दिदी (सरिता) र दाइ (राजुराज पाण्डे) अखिलमै सक्रिय थिए ।
त्रिचन्द्रमा उनले बिहानमा बायोलोजी पढ्थिन् । नुवाकोट जिल्ला कमिटीमा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसके पनि यहाँ मर्निङ क्लास बायोलजी ग्रुपको सह प्रारम्भिक कमिटीबाट उनी विद्यार्थी राजनीतिमा सक्रिय भइन् ।
यही चिनजानले ती नेताले त्यो चिर्कटो फालेका थिए । त्यसमा लेखिएको थियो— हामीलाई गिरफ्तार गरेर यहाँ राखिएको छ, अल्सर लगायतको औषधि खाँचो छ । त्यतिबेला उनकी दिदी सरिता वागमती अञ्चल कमिटीको सहसचिव थिइन् । विन्दाले त्यो चिठी दिदीलाई दिइन् । राजनीतिक रूपमा यो निकै सुझबुझपूर्ण कार्य थियो, पञ्चायत शासनसँग सुझबुझका साथ लड्ने भेउ विन्दाले सानै उमेरमा पाएकी थिइन् ।
बिहानमा स्कुल गएर उनी दिनभरि विद्यार्थीका गतिविधिमा सहभागी हुन्थिन् । एसएसली गरेर त्रिचन्द्रमा भर्ना भएपछि पनि त्यही सिलसिला चल्यो तर त्यतिबेला पार्टी राजनीतिक माहोल केही बिग्रिएको थियो ।
‘पार्टी स्वतन्त्रता र राजनीतिक स्वतन्त्रतालाई लिएर पार्टीभित्र एक खालको विवादजस्तै थियो त्यतिबेला । त्यस विवादको सन्दर्भमा टंक कार्की लगायत २५ जनालाई पार्टीले कारबाही गरेको थियो,’ विन्दा भन्छिन्, ‘अध्यक्ष, महासचिव लगायतको टिमलाई कारबाही गरेर गौरी प्रधानको संयोजकत्वमा सातौँ राष्ट्रिय सम्मेलन आयोजना कमिटी बनाइएको थियो । यसको बढी प्रभाव त्रिचन्द्र कलेजमा परेको थियो । त्यसैले त्रिचन्द्रमा प्रारम्भिक कमिटी बनाउन समेत अप्ठेरो अवस्था थियो ।’
त्रिचन्द्रमा उनले बिहानमा बायोलोजी पढ्थिन् । नुवाकोट जिल्ला कमिटीमा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसके पनि यहाँ मर्निङ क्लास बायोलजी ग्रुपको सह प्रारम्भिक कमिटीबाट उनी विद्यार्थी राजनीतिमा सक्रिय भइन् । केहीपछि प्रारम्भिक कमिटीमा ठाउँ पाएकी उनलाई जिल्ला कमिटीमा बस्न भनिएको थियो, तर भाउजुले मास्टर गर्दै गरेकाले उनले दिउँसो घरमा भदै हेर्नुपर्यो र जिल्ला कमिटीमा बसिनन् ।
आईएससीपछि उनले केही समय गाउँको भैरवी माविमा विज्ञान पढाउन थालिन् । त्यहाँ एक वर्ष पढाएपछि उनले साइन्सको टिचरका लागि प्रि–स्कलरसिप पाइन् र महेन्द्ररत्नमा भर्ना भइन् । साइन्सको विद्यार्थी भएकाले एजुकेसनमा जाँदा उनलाई पढेकैजस्तो लागेन र उनले त्रिचन्द्र्रमा बीएससी पनि अगाडि बढाइन् ।
यहीबिचमा ०४६ सालको आन्दोलन सुरु भयो । आन्दोलनमा उनले उपत्यकाको कोअर्डिनेसन गर्ने जिम्मेवारी पाएकी थिइन् । त्यतिखेर धेरैको घरमा टेलिफोन थिएन, कोटेश्वरस्थित उनको घरमा टेलिफोन भएकाले धेरैले त्यहाँ सम्पर्क गर्थे । घरमा आएका फोन उठाएर उनले आन्दोलनका लागि कहाँ सम्पर्क गर्ने आदि व्यवस्थापन गर्थिन् ।
आन्दोलन सुरु भएको दुई हप्तापछि उनको घरमा पनि प्रशासनले निगरानी बढाउन थाल्यो । अनेरास्ववियुको १०औँ राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य भएकाले उनीमाथि पञ्चायती प्रशासनको निगरानी पहिलेदेखि नै थियो । प्रशासनले निगरानी बढाउन थालेसँगै उनी दुई हप्ताजति घरबाहिर बसिन् । घरमा प्रशासनको निगरानी कम भएपछि उनी पुनः घरमा फर्किन् ।
यता जिफन्टमा उनी शिक्षा विभागको सचिव हुँदै उपमहासचिव भइन् । उनी जिफन्टमै हुँदा ०६२/६३ को आन्दोलन सुरु भयो । ०६२ सालमा एमाले केन्द्रीय महिला विभागले लैंगिक मुद्दासम्बन्धी आठवटा बुँदा पहिचान गरेको थियो ।
आन्दोलन सफल भयो । २०४७ सालको जेठमा भएको १०औँ राष्ट्रिय सम्मेलनबाट उनी अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य भइन् । स्नातकपछि कुनै गाउँमा गएर पढाउने उनको सानैदेखिको उद्देश्य थियो । उनले स्कुल पढ्दा शिक्षकले गाउँलाई परिवर्तन गर्ने कुरा गर्थे, यसबाट प्रभावित विन्दाले स्नातकपछि कुनै गाउँ जाने योजना बुन्दै थिइन्, तर धेरैले उनलाई अखिलमै बस्न जोड गरे । अखिलमै रहेर उनले वनस्पतिशास्त्रमा स्नातकोत्तर गर्न भ्याइन् । २२ पुस २०४७ मा माले र माक्र्सवादी एकता भएर नेकपा एमाले बन्यो । विद्यार्थी संगठनमा पनि एकीकरण हुने बेला विन्दाले संगठन छाडिन् र अखिल नेपाल महिला संघको परिषद् सदस्य भइन् । ०४८ सालको कात्तिकमा महिला संघको दोस्रो राष्ट्रिय सम्मेलन भयो, उनी केन्द्रीय कोषाध्यक्ष भइन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)अन्तर्गत केन्द्रीय महिला मजदुर विभाग थियो । यसको पुनर्गठन हुँदा विद्यादेवी भण्डारी संयोजक र विन्दा सचिव रहिन् । यति नै बेला १३ वटा एसियन मुलुकको २७ वटा नेटवर्क मेम्बर भएको संस्था ‘कमिटी फर एसिएन उमन’ले हङकङलाई आधार बनाएर काम गरिरहेको थियो । त्यसमा प्रोग्राम कोअर्डिनेटरको पोस्ट खालि भएका बेला बिन्दाले जिफन्टका तर्फबाट दर्खास्त दिइन् र सन् १९९४ को जुनदेखि तीन वर्षसम्म हङकङमा रहेर काम गर्ने अवसर पाइन् ।
०५९ सालमा पार्टीले केन्द्रीय महिला विभाग बनायो, त्यसमा उनी सचिव भइन् । सुरुवातदेखि यस विभागमा क्रमशः सहाना प्रधान, अष्टलक्ष्मी शाक्य र विद्यादेवी भण्डारी प्रमुख भए; यी तिनैजना प्रमुख हुँदा विन्दा सचिवकै भूमिकामा थिइन् ।
यता जिफन्टमा उनी शिक्षा विभागको प्रमुख हुँदै उपमहासचिव भइन् । उनी जिफन्टमै हुँदा ०६२/६३ को आन्दोलन सुरु भयो । ०६२ सालमा एमाले केन्द्रीय महिला विभागले लैंगिक मुद्दासम्बन्धी आठवटा बुँदा पहिचान गरेको थियो । तिनलाई पार्टीबाट लागु गराउन सहानाले पार्टी स्थायी समितिमा लगिन् । ०६२ सालको भदौमा ती बुँदा पार्टी केन्द्रीय कमिटीबाट पारित भयो ।
‘त्यतिबेला आमाको नामको नागरिकता, पैतृक सम्पत्तिमा समान अधिकार, समानुपातिक लक्ष्यसहित कम्तीमा एकतिहाइ महिला सहभागिता लगायतका आठ बुँदा हामीले पहिचान गरेका थियौँ,’ उनी भन्छिन्, ‘यी मुद्दा एउटा पार्टीको मात्रै भएर हुँदैन, यसलाई सबै पार्टीको साझा बनाउनुपर्छ भन्ने कुरा उठ्यो ।’
अरु पार्टीका महिला साथीहरूलाई पनि बोलाएर उनीहरूले अन्तक्र्रिया सुरु गरे । यसरी ०६२ को मंसिरमा उनीहरूले अन्तर्पार्टी महिला सञ्जालको तदर्थ समिति बनाए, जसको नेतृत्व सहाना प्रधानले गरेकी थिइन् ।
०६२ सालको फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन बीआईसीसी हलमा भेला गरेर अन्तर्पाटी महिला सञ्जालको औपचारिक घोषणा गरियो, सातै पार्टीका पुरुष नेतालाई बोलाएर छलफल भएको थियो । सञ्जालले महिला हकसम्बन्धी नौबुँदे साझा एजेन्डा बनायो, जुन एजेन्डामा सातै दलका पुरुष नेता आएर बोलेका थिए । आन्दोलन सफल भइसकेपछि यी मुद्दा समेटेर अगाडि बढ्ने पुरुष नेताहरूले प्रतिबद्धता व्यक्त गरेका थिए ।
पहिलो संविधानसभाको निर्वाचन हुने बेला विन्दाले पीएचडीको थेसिस लेख्दै थिइन् । त्यतिबेला उनलाई कसैले भन्यो, तिमीले अहिलेसम्म उठाएको कुरो संविधानमा लेख्नु ठुलो कि यो थेसिस ठुलो ?
भेलाबाट सहाना प्रधानकै नेतृत्वमा औपचारिक अन्तर्पाटी महिला सञ्जाल बन्यो । जसमा कांग्रेसकी सुप्रभा घिमिरेदेखि जनककुमारी चालिसे, शशि श्रेष्ठ लगायत थिए ।
आन्दोलन सफल भई संसद् पुनर्स्थापना भयो । जेठ ४ को घोषणापत्र बन्दै छ भन्ने थाहा भएपछि एमाले पार्टीका विभिन्न १६ संगठनको भेला गरी कम्तीमा चार बुँदा ४ गतेको घोषणामा पर्नुपर्ने भनी सातैवटा दलको कार्यालयलाई बुझाए, तर ४ गतेको घोषणामा एउटा पनि परेन ।
‘त्यसपछि हामीलाई एक खालको ह्युमिलियसन नै फिल भयो । महिलाहरू आन्दोलनमा आए, आन्दोलन सफल भयो । तैपनि महिलाका मुद्दा समेटिएन,’ उनी भन्छिन्, ‘जेठ ५ गते मदन आश्रित स्मृति दिवसको सन्दर्भमा राष्ट्रियसभा गृहमा अनेम संघले कार्यक्रम गर्यो । त्यस कार्यक्रममा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमार्फत संंसदमा महिलासम्बन्धी चारबुँदे प्रस्ताव तत्कालीन सांसद विद्यादेवी भण्डारीले दर्ता गर्ने कुरा भयो ।’
कमला पन्त, एनपी साउद र नवराज सुवेदीलाई समर्थक राखेर दर्ता भएको प्रस्तावमाथि जेठ १५ र १६ गते छलफल भयो । जेठ १६ गते समानुपातिक लक्ष्यसहित कम्तीमा एकतिहाइ महिला सहभागिताको प्रस्ताव पास भयो ।
त्यसको दुई हप्तापछाडि अन्तरिम संविधान मस्यौदा आयोग बन्यो, तर नौ सदस्यीय यस आयोगमा एकजना पनि महिला परेनन् । त्यसपछि सबै पार्टीका महिला एकजुट भएर भद्रकालीमा आन्दोलन गरे । सात दिन आन्दोलन गरेपछि आयोगमा सातजना सदस्य थपेर १६ सदस्यीय बनाइयो, जसमा चारजना महिला परे ।
पहिलो संविधानसभाको निर्वाचन हुने बेला विन्दाले पीएचडीको थेसिस लेख्दै थिइन् । त्यतिबेला उनलाई कसैले भन्यो, तिमीले अहिलेसम्म उठाएको कुरो संविधानमा लेख्नु ठुलो कि यो थेसिस ठुलो ?
यो कुराले उनलाई छोयो । थेसिस लेख्न चार वर्ष समय थियो, यता दुई वर्षमै संविधान लेखिसक्ने दलहरूको दाबी थियो । पहिले संविधान लेखेर पछि थेसिस लेखौँला भनेर उनी संविधानसभामा समानुपातिकतर्फबाट गइन् ।
पीएचडी थेसिसका लागि सुरुमा उनले तीनवटा दल (कांग्रेस, एमाले र माओवादी)को जेन्डर पोलिसी के छ भनेर तुलनात्मक अध्ययन गर्ने सोचेकी थिइन् । कांग्रेस र एमालेको लिखित दस्तावेज त्यति धेरै नभएको र एमालेमा मात्रै केन्द्रित हुँदा अलि बायस भइने डरले उनले एमालेको मात्रै गर्ने भइन् ।
पार्टीको आठौँ महाधिवेशनमा खुलाबाट लडेर उनी केन्द्रीय कमिटी सदस्य भइन् । नवौँ महाधिवेशमा उनले खुला केन्द्रीय सदस्यमा लडेर जितिन् र पछि पोलिटब्युरो सदस्य भइन् । अहिले उनी एमालेमा स्थायी कमिटी सदस्य छन् । अहिले उनलाई पार्टीको अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पनि छ ।
पहिलो संविधानसभाले संविधान लेख्न सकेन, यता उनको पीएचडी थेसिसको अवधि पनि सकिएको थियो । संयोगवश ! सन् २००४ देखि २०१३ सम्म क्लास सकेर थेसिस लेख्न बाँकी भएकालाई एकचोटि अवसर दिने निर्णय काठमाडौँ युनिभर्सिटीले गर्यो । रिरजिस्ट्रेसन गरेर एक सेमेस्टर पढ्नु पनि पथ्र्यो । १४ जनाले प्रपोजल बुझाउँदा तीन जनाको पास भयो, जसमा बिन्दा पनि परिन् ।
पीएचडी थेसिसका लागि सुरुमा उनले तीनवटा दल (कांग्रेस, एमाले र माओवादी)को जेन्डर पोलिसी के छ भनेर तुलनात्मक अध्ययन गर्ने सोचेकी थिइन् । कांग्रेस र माओवादीको लिखित दस्तावेज त्यति धेरै नभएको र एमालेमा मात्रै केन्द्रित हुँदा अलि बायस भइने डरले उनले एमालेको मात्रै गर्ने भइन् ।
२००६ देखि नेकपाले महिलासम्बन्धी लिएका नीति र गरेका दस्ताबेजीकरणलाई केलाउने गरी उनले ‘राजनीतिमा महिला सशक्तीकरण’ भन्ने शीर्षकमा थेसिस गरिन् र सन् २०१७ मा उनी डा. भइन् ।
२०७४ को निर्वाचनमा उनी काठमाडौँ–२ बाट उम्मेदवारी दिन चाहेकी थिइन्, टिकट नपाएपछि उनी समानुपातिक सूचीबाट प्रतिनिधिसभामा गइन् । गएको निर्वाचनमा पनि उनले टिकट मागिन्, काठमाडौँ– २ बाट भिड््नका लागि, तर टिकट पाइनन् ।
कुराकानीको अन्त्यमा हामीले उनलाई सोधेका थियौँ— महिलावाद भनेको के हो ?
‘महिलावादले भन्छ— नीति–निर्माण बनाउने र कार्यान्वयन गर्ने ठाउँ नै संरचनागत हिसाबले लैंगिक समानतामा आधारित बनाउनुपर्छ । योसँगै हिजोदेखिका मूल्य–मान्यतामा पनि रूपान्तरण हुनुपर्छ । किनारामा पारिएकाहरूलाई मूलधारमा ल्याउने गरी स्रोत विन्यास हुनुपर्छ,’ डा. पाण्डे महिलावादको परिभाषा गर्छिन्, ‘महिलावादका पनि क्याटागोरीहरू छन् । सामान्यतः हामीकहाँ महिलावाद भन्नेबित्तिकै अतिवादी महिलावाद (र्याडिकल फेमिनिजम्)लाई बुझिन्छ । यो एउटा पाटो मात्रै हो । हाम्रो संविधानमा लेखिएका कुरालाई नै विश्लेषण गर्ने हो भने समादवादी महिलावादी धार हाम्रो संविधानले बोकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान सेनापतिद्वारा पूर्वी पृतनाको निरीक्षण
-
चम्पावती हाइड्रोपावर लिमिटेडकाे सार्वजनिक सेयर निष्कासन हुने
-
पर्यटन क्षेत्रको विकास गर्न बौद्ध सर्किट महत्त्वपूर्ण छ : मुख्यमन्त्री आचार्य
-
टुँडिखेलमा मनाइयो उधौली साकेला, तस्बिरहरू
-
भारतीय दूतावासमा मनाइयो ध्यान दिवस
-
पोखरामा ९ पुसदेखि पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव