बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

अचानक कसरी भ्वाङ पर्‍यो कुपण्डोलको सडक ?

सडक विभागका कर्मचारी तत्कालै घटनास्थलमा (भिडियो)
शनिबार, २९ भदौ २०८१, १७ : ३६
शनिबार, २९ भदौ २०८१

ललितपुर । ललितपुरको कुपण्डोल–पुल्चोक सडक खण्डको हिमालय होटल छेउको सडक शनिवार भ्वाङ परेको छ । दिउँसो साढे १ बजे विस्फोटको आवाज सहित सडक भ्वाङ परेपछि त्यहाँबाट पानीको बाढी बगेको थियो । ठुलो आवाज सहित सडक भासिएको देखेपछि स्थानीय सडक किनारामा जम्मा भएका थिए । सडकमुनि राखिएको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप चुहावट भएर विस्फोट भएपछि कालोपत्रे गरेको सडकमा ठुलै भ्वाङ परेको छ । 

IMG-20240914-WA0218-001

सडकमा भ्वाङ परेको खबर पाएसँगै संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपाने, सडक विभाग ललितपुरका डिभिजन प्रमुख गोपाल खकुरेल लगायतका कर्मचारी डोजर सहित घटनास्थल पुगेका थिए । 

सडकछेउ पसल सञ्चालन गर्ने स्थानीयहरूले ठुलो आवासका साथ सडकमा भ्वाङ परेको र त्यहाँबाट पानीको बाढी बगेको बताए । घटनाको केही समयपछि केयूकेएलले सो क्षेत्रको पाइपलाइनमा पानी पठाउन बन्द गरेपछि सडक विभाग भत्किएको भाग सफाइका लागि पुगेको थियो । 

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिटेन्डेन्ट इन्जिनियर न्यौपानेले मेलम्ची खानेपानीको पाइपमा लिकेज भएका कारण सडक भ्वाङ परेको बताए । उनले भत्किएको भाग डोजरले सफा गर्ने, केयूकेएलले  पाइपलाइनमर्मत गरेपछि सडक विभागले तुरुन्तै सडक मर्मतको काम अघि बढाउने जानकारी दिए । 

shuvaraj

रातोपाटीसँग कुरा गर्दै न्यौपानेले भने–‘खानेपानीको मुख्य लाइन फुटेर सडकमा यस्तो भएको केयूकेएलबाट जानकारी पाएको छु । उहाँहरूसँग समन्वय गरिरहेको छु, खानेपानीको टोली आएर पाइप मर्मत गरेपछि हामी मर्मत गरिहाल्छौँ । भित्र पानी फुटेपछि त्यसले ठुलो दबाबको सिर्जना गर्छ, पाइपबाट प्रेसरमा आएको पानी फुटेपछि त्यो बाहिर निस्कने क्रममा सडक फुटाएर बाहिर निस्किएको हो ।’

kupondole road (1)

आज रातभरि खानेपानीले पाइपको काम सकेमा भोलि दिनभरिमा सडक मर्मतको काम सक्ने उनले बताए । काठमाडौँमा सडकमा बेला बेला यस खालका घटना हुने गरेको उनले बताए । सडकमा पानीको लिकेज भएको देखिने बित्तिकै केयूकेएललाई खबर गर्ने र दुर्घटना हुन दिने काम गर्दै आएको न्यौपानेले बताए । पुल्चोक सडकमुनि ठुलो डायामिटरको खानेपानीको पाइप रहेको र ठुलो फोर्समा पानी आएको अवस्थामा लिकेज हुँदा सडक नै फुटाएर बाहिर निस्कँदा ठुलो भ्वाङ परेको उनले बताए । 

kupondole road (2)

शनिवार सडकमा सवारी चाप कम भएको र किनारामा भ्वाङ परेका कारण सवारी साधन दुर्घटना पर्नबाट जोगिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको मुख्य खानेपानी लाइन सडक मुनी राखिएको छ । काठमाडौँका अन्य स्थानमा पनि विगतमा यस्ता खालका घटनाहरू घटिरहेको सडक विभाग ललितपुरका डिभिजन प्रमुख गोपाल खकुरेलले बताए । उनले खानेपानी सम्बद्ध निकायले पाइपलाइन मर्मतको काम सक्ने बित्तिकै सडक विभागले काम अघि बढाउने जानकारी दिए । 

kupondole road (3)

काठमाडौँ उपत्यकाका सडकमा पाइपलाइनबाट भएको चुहावट परीक्षण गरेर तत्काल समाधान नखोज्ने हो भने सडकमा यस्ता खालका दुर्घटनाको जोखिम  निम्तिने खतरा बढाएको छ ।

kupondole road (4)kupondole road (5)kupondole road (6)kupondole road (7)kupondole road (8)kupondole road (9)kupondole road (10)kupondole road (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप