सिद्धार्थ बैंकद्वारा विद्यालयलाई बहुउद्देश्यीय हल हस्तान्तरण
शनिबार, २९ भदौ २०८१, १६ : २२

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडद्वारा गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित श्री अमरसिंह माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको उद्घाटन गर्दै बैंकले उक्त हल विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ । उक्त हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालाले गरेका हुन् ।
बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयलाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरू जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पुरा गर्दै उनीहरूको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार
-
रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी