बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

धार्मिक सहिष्णुता र सद्भाव नै नेपालको परिचय हो : उपराष्ट्रपति यादव

शनिबार, २९ भदौ २०८१, १६ : ००
शनिबार, २९ भदौ २०८१

बुटवल। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक सहिष्णुता र सद्भाव नै नेपालीको परिचय भएको बताएका छन् । पश्चिम नवलपरासीको परासीमा आज ओलमा काउन्सिलले आयोजना गरेको धार्मिक सम्मेलनलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।

यादवले विश्वमा नेपाललाई धार्मिक सद्भावको नमुनाको रूपमा चिनिएको बताउँदै सबै आस्था र धर्मको सकारात्मक पक्षलाई एकअर्काले आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए । सत्यको पालन गर्नुपर्ने र इमानदारीका साथ जीवन निर्वाह गर्नुपर्ने उनको भनाई थियो । उनले सामाजिक सेवा जस्ता सिद्धान्त विभिन्न धर्ममा फरक–फरक रूपमा पाए पनि सबैको मूल उद्देश्य र मर्म मानवता, सहिष्णुता र समानता रहेको उल्लेख गरे ।

१४९९ औँ मोहम्मद जयन्तीको अवसर पारेर हिन्दु, इस्लाम, बौद्ध, क्रिस्टियन लगायतका धर्मगुरु सहभागी सम्मेलनमा देशभरबाट प्रतिनिधि सहभागी भएको आयोजक ओलमा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मियाले बताए । सम्मेलनमा सहभागी धार्मिक गुरुहरूले एक धर्मले अर्को धर्मलाई सम्मान गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप