आइतबारदेखि जनमतको विभिन्न जिल्लामा प्रशिक्षण
_ZClym1j2cX.jpg)
काठमाडौँ । जनमत पार्टीले आइतबारदेखि विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बर्दिया जिल्लाबाट सुरु हुने प्रशिक्षण कार्यक्रम असोज १४ गतेसम्म सञ्चालन हुने जनमत पार्टीले जनाएको छ ।
यो प्रशिक्षण बर्दिया, बाँके, कपिलवस्तु, नवलपरासी, रुपन्देही, धनुषा, महोत्तरी, सर्लाही, रौतहट बारा, पर्सा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा गरी १६ वटा जिल्लामा दिइने बताइएको छ ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले यो राजनीतिक प्रशिक्षण भएको समेत बताए । उनले पार्टीका अध्यक्ष डा.सिके राउतलगायत अन्य शीर्ष नेताहरूले प्रशिक्षण दिने बताए ।
दसैँअघि नेता तथा कार्यकर्तालाई भेटघाट तथा राजनीतिक प्रशिक्षण दिनका लागि यो कार्यक्रम तय भएको बताउँदै उनले यस्तो कार्यक्रम देशैभर गर्ने बताए । उनले यो पहिलो चारणको कार्यक्रम रहेको बताए ।
सरकार सञ्चालन, देशको समसामयिक राजनीतिक अवस्था, ८४ को चुनाव लगायतका विषयमा पार्टीले प्रशिक्षण दिने उनले बताए । खानले जिल्लामा कार्यसमिति बनिरहेकोले चाँडै नै घोषणा गर्ने तयारी भइरहेको समेत बताए ।
‘हाल जिल्लामा इन्चार्जहरू मात्र तोकिएका छन् । सोही इन्चार्जहरूले प्रशिक्षणको व्यवस्था गर्छन्’ उपाध्यक्ष खानले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन