एनपीएल : कुन टोलीले कसलाई पायो मार्की खेलाडी ?
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) मार्की खेलाडीको शनिबार लक्की ड्र आयोजना गरिएको छ ।
शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गर्दै सार्वजनिक गरेको थियो ।
लक्डी ड्रबाट पोखराको मार्की खेलाडीमा कुशल भुर्तेल, काठमाडौँको करण केसी , जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, चितवनको कुशल मल्ल, सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी, विराटनगरको सन्दीप लामिछाने र कर्णालीको सोमपाल कामी बनेका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले मार्की खेलाडी हरेकको २० लाख रुपैयाँ तोकिएको जानकारी दिए।
एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपूर्ति र कानुन मन्त्रालयबिचको हानथापले रोकियो उपभोक्ता अदालत गठन प्रक्रिया
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
कहाँ पुग्यो जनमत पार्टीको नौलो गणतन्त्र सम्बन्धी अभियान ?
-
दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन : बालेन शाह (भिडियो)
-
राजश्व न्यायाधिकरण काठमाडौँको अध्यक्षमा प्याकुरेलको नाम सिफारिस
-
अदालतमा लामिछानेको इन्कारी बयान, दुई दिनमा २६ भन्दा बढी प्रश्न