बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशील छ : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशिल रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस २०८१ मुल समारोहलाई काठमाडौँमा शनिवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापन गरिएको बताए ।
उनले नेपाल सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भएपनि आवश्यक लगानी गर्न नसकेको बताए । उनले बालबालिकाको सुरक्षाका लागि थप लगानी गर्न आवश्यक रहेको समेत बताए ।
उनले बालबालिकाका संरक्षणका सवालमा नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेको बताए । उनले बालबालिकाप्रतिको हिंसा, बाल यौन दुव्र्यवहार, बालश्रम, बालविवाह र लैंगिक विभेद जस्ता अन्य असमानताका समस्याले बालबालिकाको उज्वल भविष्यमा नकारात्मक असर परेको बताए ।
उनले भने, ‘बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न विशेष गरी यस आर्थिक वर्षमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापनले समेत प्रष्ट पारेको छ । वर्तमान सरकार बालअधिकार सुनिश्चितताका लागि अत्यन्त संवेदनशिल रहेको छ भन्ने म विश्वास दिलाउन चाहन्छु ।’
उनले थप भने, ‘नेपाल सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भएपनि आवश्यक लगानी गर्न नसकेका कारण थप लगानी बढाउनुपर्ने आवश्यकता छ । हरेक विकास र परिवर्तनका साथ केही नयाँ समस्याहरु सिर्जना हुने गर्दछन् । आजका दिनमा बालबालिकाका संरक्षणका सवालमा हामी नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेका छौँ । बालबालिकाप्रतिको हिंसा, बाल यौन दुर्व्यवहार, बालश्रम, बालविवाह र लैंगिक विभेद जस्ता अन्य असमानता जस्ता समस्याले बालबालिकाको उज्वल भविष्यमा पर्ने नकारात्मक असरलाई उन्मुलन गर्नु सबैको साझा दायत्व र जिम्मेवारी हो ।’
मन्त्री सुडीले विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाहरुको लागि सरकारले पर्याप्त श्रोत र साधन परिचालन गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिवद्धता जनाए । उनले बालबालिकाहरुको अधिकार सुरक्षित र सुनिश्चित गर्न लगानीको आवश्यकता रहेको उल्लेख गरे । यस वर्ष ‘बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बाल दिवस मनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही