विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति निर्माणको काम तीव्र (तस्बिरहरू)
![विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति निर्माणको काम तीव्र (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/cover-biswokarma_VyXmWYw0X7.jpg)
काठमाडौँ । विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने काम धमाधम चलिरहेको छ । ललितपुरको गुसिंगाल क्षेत्रमा अहिले विश्वकर्माको मूर्तिलाई अन्तिम स्वरूप दिने काम तीव्र गतिमा भइरहेको छ । विभिन्न मेसिनसरी सामान बनाउने र ग्यारेजहरूको लागि अर्डर अनुसार मूर्ति तयार गरिएको छ ।
प्रत्येक मूर्तिको आकार अनुसार ८००० देखि १८००० सम्म पर्ने मूर्ति कारखाना सञ्चालक श्याम नारायण पण्डितले बताए । नेपालमा विश्वकर्मा पूजाको विशेष महत्त्व रहेको छ । विश्वकर्मा पूजाको दिनमा विशेषगरी सवारी साधनहरुको पूजा गर्ने प्रचलन रहेको छ ।
आफ्ना ग्यारेज कारखानालाई सजिसजाउ गरेर विश्वकर्माको मूर्ति स्थापना गरिन्छ र भोलिपल्ट उक्त मूर्तिलाई सेलाउने गरिन्छ ।
देवताहरूका शिल्प विशेषज्ञ तथा सम्पूर्ण देवताका भवन, हातहतियार लगायत यानहरूका निर्माता विश्वकर्मा ब्रह्माका पुत्र भएको शास्त्रमा उल्लेख गरिएको छ । सोही कारणले गर्दा विश्वकर्माको पूजा रूपमा मान्ने प्रचलन भएको र आ–आफ्ना सम्पूर्ण सवारी साधन, मेशिन कलकारखानामा तथा धातुसम्बन्धी काम गरिने कार्यस्थलमा विशेष पूजाआजा गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु
-
तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री
-
नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो : प्रभु साह