२०८४ मा एमालेले एकल बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला : केपी ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको भन्दै उनले मुस्किलले चार देखि पाँच लाख मत पाउन सक्ने अनुमान गरे ।
शनिवार काठमाडौँमा एमाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले नयाँ पार्टीले पनि भोट खाइदिने भएकोले होसियार हुँदै सक्रिय हुन आग्रह गरे ।
अहिले शीतलता, उदासीनता, जिम्मेवारी बोधको कमी र अलिकति भ्रम रहेको बताए । उनले भने–‘कहिलेकाहीँ हामीलाई कस्तो लाग्छ भने त्यस्तो विकराल परिस्थिति हामीले पास गरेर आयौँ भने अब ढुक्क छौँ भन्ने होइन । हामी कहिले पनि ढुक्कको स्थितिमा रहने होइन । हामीले शक्ति सन्तुलनको अवस्था हेर्नुपर्दछ, त्यो अहिले पनि हाम्रो अनुकूल छैन, त्यसै कारणले हामीले भनेका छौँ, हामी राष्ट्रिय शक्ति त हौँ तर निर्णायक रूपमा राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सकेका छैनौँ । त्यो तथ्यलाई बुझ्दै निर्णायक राष्ट्रिय शक्तिको रूपमा बुझ्न हामी अगाडि बढ्नुपर्छ ।’
जनतामा विश्वास जगाएर अबको निर्वाचनमा पहिलो दल बन्ने गरी अघि बढ्न आग्रह गरे । सबै एकनासको अवस्था नहुने र सधैँ अवसरमा पनि नआउने उल्लेख गरे । उनले भने–‘हाम्रा लागि मिसन ८४ यस्तो निर्णायक बिन्दु हो, हामी सफलता तर्फ, विजयको यात्रा तर्फ अघि बढ्यौँ भने कि हामी निर्णायक अवस्थामा पस्न वा जटिल स्थितिमा फस्न सक्छौँ । मिसन ८४ मा एकल बहुमत ल्याउन सक्ने आधारहरू छन् । त्यतिबेला हामीले सारा शक्ति लगाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’