अमेरिकी चुनावमा पोपको सुझाव : दुईमध्ये ‘कम खराब‘ लाई मतदान गर्नु
शनिबार, २९ भदौ २०८१, १२ : ४९

वासिङ्टन । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति पदका दुवै प्रमुख उम्मेदवार ‘जीवन विरुद्ध’ रहेको बताएका छन् । उनले क्याथोलिक मतदाताहरूलाई नोभेम्बरको चुनावमा मतदान गर्दा दुईमध्ये ‘कम खराब‘ छनौट गर्न सल्लाह दिएका हुन् ।
डोनाल्ड ट्रम्पको सन्दर्भमा पोपले आप्रवासीलाई स्वागत नगर्नु ‘गम्भीर’ पाप भएको बताए । यसबाहेक उनले गर्भपतनमा कमला ह्यारिसको अडानलाई ‘हत्या’ सँग तुलना गरे।
‘दुवै उम्मेदवार जीवनको विरुद्धमा छन्, चाहे त्यो आप्रवासीहरूलाई निष्कासन गर्ने होस् वा बच्चाहरूलाई मार्ने होस्,’ पोपले दक्षिणपूर्वी एसियाको १२ दिने भ्रमण समाप्त गर्दै शुक्रबार पत्रकार सम्मेलनमा भने।
पोपले आफ्नो टिप्पणीमा ह्यारिस वा ट्रम्पको नाम भने लिएनन्। विश्वव्यापी रूपमा १.४ अर्ब क्याथोलिकहरू मध्ये, ५.२ करोड अमेरिकी क्याथोलिकहरू छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने
-
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
-
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
-
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा
-
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी
-
राजनीतिक र नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा विज्ञहरुको जोड