सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको दाबी: अब साना-ठुला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन

शनिबार, २९ भदौ २०८१, १२ : ३३
शनिबार, २९ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताए । 

उनले आफूले नेपाललाई अब नयाँ ढङ्गले अघि बढाउन चाहेको पनि बताए ।  सरकारबाट दिने सेवाहरू उत्साहका साथ दिइने प्रतिबद्धता पनि उनले जनाए। उनले फाइल रोकेर एक ठाउँमा बस्नेकुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर कहाँ अड्कियो भन्नेकुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताए । 

उनले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको बताए। प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्नसक्ने बताए । उनले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताए । 

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधा लिन अब घुस खुवाउनु नपर्ने, काम गरेबापत कुनै नजाराना चढाउनु नपर्ने र कतै भनसुन गर्न जानु नपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप