बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सधैँ झैँ घुम्न निस्किएँ

शनिबार, २९ भदौ २०८१, १२ : २३
शनिबार, २९ भदौ २०८१

सधैँ झैँ घुम्न निस्किएँ
उही अनुहारहरू
उही मानिसहरू
भेट भए पार्कमा

वरिपरि हिँड्दा हिँड्दै
सबैले नै
भेट भए कि
हालखबर सोध्न थाले
कोही हात उठाएर
कोही मुस्कुराएर
कोही एकछिन अडिएर
कोही ‘हेलो, हाउ आर यू’ भनेर

हात उठाउनेलाई हातै उठाएर
मुस्काउनेलाई मुस्कुराएरै
हात मिलाउनेसँग हातै मिलाएर
अडिनेसँग अडिएरै
‘हेलो’ भन्नेलाई ‘हेलो’ नै भनेर
उनीहरूको मुहारको खुसी
र उत्सुकता सँगै
उनीहरूलाई जबाफ दिँदै
म हिँडिरहेँ
एकैछिन भएपनि
उनीहरूको खुसी
आफ्नो ओठमा बोकेर

लाग्थ्यो ती सबै मेरै हुन्
आफ्नै वरपरका हुन्
नजिककै हुन्
छरछिमेककै हुन्

कोठामा फर्किएपछि
तिनलाई सम्झिएँ
ती सबै नै
भेट हुँदाका क्षणिक साथी
हालखबर सोध्ने मात्र
न त परेको बेला 
ती काम आउँछन्
न त सङ्कट पर्दा नै
साथ दिन्छन्

साँच्चै भन्नुपरे ती सबै
मेरा कोही पनि हैनन्
न आमा पट्टिका
न बाउ पट्टिका
तर पनि 
ती सबै भेट हुँदाका
एकअर्काका सद्भावी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप