एक वर्षमा ६७५ किलोमिटर सडक कालोपत्रे
शनिबार, २९ भदौ २०८१, ११ : ५९

काठमाडौँ । सरकारले गतवर्ष ६७५ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ८०० किलोमिटर दुई लेन सडक कालोपत्रे गर्ने लक्ष्य भएपनि ६७५ किलोमिटर सडकमात्र कालोपत्रे भएको हो ।
सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदनमा ६७५ किलोमिटर सडक मात्र कालोपत्रे भएको उल्लेख छ । योसँगै देशभरि दुई लेन कालोपत्रे सडक १८ हजार ३७६ किलोमिटर पुगेको छ ।
नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा चार लेन कालोपत्रे सडक १५० किलोमिटर निर्माण गर्ने लक्ष्य राखिएपनि ७८.३ किलोमिटर मात्र निर्माण भएको छ । योसहित चार लेन कालोपत्रे सडक २२३ किलोमिटर पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण