पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातवटा अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । अरबौँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०/८१) अनुसार दुई वर्ष पुग्नै लाग्दा जम्मा ७ वटा अन्तर्राष्ट्रिय उडान भएको पाइएको हो ।
चीन सरकारको २२ अर्ब सहुलियत ऋण अनुदानमा बनेको उक्त विमानस्थल आर्थिक वर्ष २०७९/८० पुस १७ गते उद्घाटन गरिएको थियो । दैनिक ६ वटा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्यका साथ उक्त विमानस्थल निर्माण गरिएको थियो ।
तर आर्थिक वर्ष २०७९/८० को पुसदेखि असार मसान्तसम्ममा २ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा ५० अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य राखिएकोमा जम्मा पाँचवटा उडान भएका छन् ।
यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५० उडान लक्ष्य राखिएकोमा १२० उडान मात्र भएको प्रतिवेदनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
-
बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
-
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
-
आठ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा कोलकाता
-
रुख काट्ने क्रममा च्यापिएर मृत्यु