धनराज गुरुङ दम्पती जोडिएको मितेरी सहकारीमाथि सीआईवीद्वारा अनुसन्धान सुरु
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व कानुन मन्त्री धनराज गुरुङ र उनकी पूर्वपत्नी जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्था ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ ।
सो सहकारी संस्थामा रहेका कर्मचारी र सञ्चालकहरू विरुद्धमा निवेदन दर्ता गरेर प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईवीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । रातोपाटीसँग उनले भने– ‘पैसा अपचलन कहाँ कसरी भयो भन्ने बारेमा अनुसन्धानबाट हेर्छौ, यसमा को को संलग्न छन भन्ने कुरा अनुसन्धानबाट थाहा हुने भयो । अहिले हामीले मुख्य रूपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका हौँ ।’
सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउनमा उजुरी गरेका थिए । ठगी आरोपित मुख्य व्यक्ति ज्योति गुरुङ सांसद धनराज गुरुङकी श्रीमती हुन्, यद्यपि धनराजले २०७६ सालमा सम्बन्ध विच्छेद गरेको दाबी गर्दै आएका छन् । सम्बन्ध विच्छेद गरेको दाबी गरे पनि श्रीमतीको नाममा रहेको ऋण धनराजले तिर्दै आएको अध्यक्ष कुम्भराजले बताएका छन् ।
धनराज गुरुङको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानका क्रममा थाहा हुने र अहिलेसम्म धनराज गुरुङको बारेमा उजुरी नपरेको सीआईवी प्रवक्ता बोगटीले बताए ।
यता सांसद गुरुङ सहकारी ठगीमा मुछिएपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पनि मितेरी सहकारीको स्थलगत निरीक्षण गरेको छ । समितिलाई संस्थाका अध्यक्ष कुम्भराजले धनराज गुरुङले आफ्नो ठगी लुकाउन कागजी सम्बन्ध विच्छेद गरेको, १ महिना अघिसम्म पनि श्रीमतीले लिएको ऋणको किस्ता तिर्न आएको कुरा सूर्य थापासहित समितिका सदस्यहरूलाई जानकारी गराएका थिए । उनले आफूले धनराज गुरुङविरुद्ध अनुसन्धान गर्न सीआईवीमा दिएको उजुरी दर्ता नगरेकोमा समितिसमक्ष गुनासो समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा थपियो पाँचतारे होटल
-
मध्यराति कालिकोटमा भूकम्पको धक्का
-
विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
-
१२ बजे, १२ समाचार : बयानमा रविले गरे २६ प्रश्नको सामनादेखि रास्वपाद्वारा बालेनसँग सम्वाद गरेको स्वीकारसम्म
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव