चक्रपथ बिस्तारले गति नलिँदा स्थानीयलाई सास्ती (फोटो फिचर)
![चक्रपथ बिस्तारले गति नलिँदा स्थानीयलाई सास्ती (फोटो फिचर)](https://npcdn.ratopati.com/media/news/chakrapath-(8)_m6TZL07mfc.jpg)
काठमाडौँ । चक्रपथअन्तर्गत कलङ्की—वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भएपनि सडक बिस्तारको कामले गति लिन सकेको छैन ।
गत भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरूबिच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया अघि बढेको छ । ८.२ किलोमिटरको दोस्रो खण्ड बिस्तारको काम २०७५ सालमै सुरु हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन ।
२०६९ सालमा कोटेश्वर कलङ्की पहिलो खण्डको काम सुरु भई २०७५ सालमै सकिएको थियो । पहिलो बिस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक बिस्तार सुरु हुनुपर्ने थियो । तर विभिन्न कारण देखाएर कायममा आलटाल हुँदै आएको छ । जबकि चीनसँग सन् २०१८ मा यो सडक खण्ड बिस्तारका लागि जिटुजी सम्झौता भएको थियो । चीन सरकारले पूर्व तयारीका काम नटुङ्ग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो ।
यसैबिच कोरोना महामारी लगायतका कारण काम अघि बढेको थिएन । पूर्वतयारीस्वरुप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबिच सहमति बन्न नसक्दा आम नागरिकले भने दुःख र सास्ती व्यहोर्नुपरेको छ ।
सडक बिस्तारको रूपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरू अहिले पनि प्रशस्त देखिन्छन् । बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरूप पनि देखिन्छ । जसकारण सो क्षेत्रको व्यापार व्यवसाय मात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको गुनासो व्यवसायीहरूको छ ।
यसबिचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरूले सडक बिस्तारको कामलाई तीव्रता दिन आन्दोलनसमेत गरेका थिए । तस्बिर– न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केजरीवालको हारलगत्तै मोदीको प्रतिक्रिया : विकास र सुशासनको जित भएको छ
-
राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर
-
जहाँ एकै ठाउँमा भेटिन्छ गाउँ र सहरको मौलिकपन
-
अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा