धुलिखेल–खावा सडकखण्ड : घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे (तस्बिरहरू)
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्दा सर्वसाधारणले निकै सास्ती भोग्नुपर्ने अवस्था छ । घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता नै बनेको छ । त्यसमाथि खाल्डाखुल्डी र हरेक स्थानमा गइरहने पहिरोले यात्रालाई थप असहज बनाइरहेका छन् ।
सडक निर्माण कार्य समयावधिभित्र सम्पन्न नगर्नु र मर्मतमा सम्बन्धित निकायले ध्यान नदिनु जस्ता कारणले त्यस क्षेत्रका स्थानीयहरू वर्षौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन् । भक्तपुरस्थित सडक डिभिजन कार्यालयले काठमाडौँको गौरीपार्वती निर्माण सेवा नामक निर्माण कम्पनीको लापरबाहीका कारण समयमै निर्माण सम्पन्न नहुँदा बर्खाको समयमा सडक जीर्ण भएर जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माणका लागि विभिन्न समयमा सवारी साधनहरूको आवागमन बन्द गरी कार्य अगाडी बढाए पनि अझै सम्पन्न भएको छैन ।
राजधानी काठमाडौँबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको खासा बजारसम्म पुग्न सकिने सो सडक नेपालको एक प्रमुख व्यापारिक सडक पनि हो । केही वर्षदेखि जीर्ण बन्दै भएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो ।
उक्त सडकमा गुड्ने मालबहाक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन सडक डिभिजन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो । उक्त सडकका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । केही महिना समय थपेर पुनर्निर्माण थालिएकाले छिटो सम्पन्न गर्ने योजना रहेतापनि अहिलेसम्म जम्मा २० प्रतिशत काम मात्र सकिएको छ ।
उक्त सडक खण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबिच २०७९ जेठ २० गते २२ महिना अर्थात् २०८० चैत १९ गतेको समय तोकिएको थियो ।
यो बाटो बनाउन थालेको साढे दुई वर्ष भन्दा बढी भइसक्यो अझै पनि जस्ताको तस्तै छ। सडक छेउमा व्यवसाय गर्दै आएका होटलहरु सुनसान बन्दै गएका छन् भने कतिपय बन्द भई सकेको छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ