लिभिङस्टोनको अलराउन्ड प्रदर्शन, दोस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियालाई हरायो
कार्डिफ । लियाम लिभिङस्टोनको शानदार अलराउन्ड प्रदर्शनको मद्दतले इंग्ल्याण्डले अस्ट्रेलियालाई दोस्रो टी–२० खेलमा ३ विकेटले पराजित गरेको छ । योसँगै शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।
पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । इंग्ल्याण्डले उक्त लक्ष्य ६ बल बाँकी छँदै ७ विकेटको क्षतिमा पछ्यायो ।
लिभिङ स्टोनले ४७ बलमा ८७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ६ चौका र ५ छक्का प्रहार गरे ।
उनलाई ज्याकब बेथेलले राम्रो साथ दिए । ज्याकबले २४ बलमा ४४ रन जोडे । उनले ४ चौका र ३ छक्का हिर्काए । ओपनर फिल साल्टले २३ बलमा ३९ रन बनाए ।
अस्ट्रेलियाका लागि म्याथ्यू सर्टले ५ विकेट लिए भने सन एबटले २ विकेट हात पारे ।
यसअघि अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । टोलीका लागि जेक फ्रेसर म्यागर्कले ३१ बलमा सर्वाधिक ५० रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे ।
विकेटकिपर जोस इंल्सिले २६ बलमा ४२ रन जोडे । उनले ५ चौकार १ छक्का हिर्काए । कप्तान ट्राभिस हेडले १४ बलमा ३१ रन बनाए । म्याथ्यु सर्टले २८ रन तथा एरन हार्डीले २० रन बनाए ।
इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोन र ब्राइडन कार्सले २-२ विकेट लिए भने साम करन र आदिल रसिदले १-१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता
-
भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
-
‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’