अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अन्योलमा
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन तोकिएको मितिमै हुनेमा अन्योल देखिएको छ । असोज २ देखि ५ सम्म प्रज्ञाभवन कमलादीमा हुने राष्ट्रिय सम्मेलनको तयारी नपुगेकाले अन्योल देखिएको हो ।
विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्माले जिल्ला र प्रदेश सम्मेलन कार्यतालिका अनुसार भइरहेकाले सम्मेलन सर्ने सम्भावना नरहेको बताए । तर केही जिल्लामा विवाद देखिएकाले आइतबार बस्ने कार्यालय बैठकले निर्णय लिने उनले स्पष्ट पारे ।
‘निर्धारित मितिमा राष्ट्रिय सम्मेलन गर्ने विषयमा नियमित तालिका अनुसार धमाधम जिल्ला सम्मेलन भइरहेको छ,’ शर्माले भने, ‘केही जिल्लामा विवाद देखिएका छन् । निर्धारित समयमा सम्मेलन सम्पन्न गर्ने गरी तयारी गरेका छौँ । कार्यालयको बैठकले निर्णय गर्नेछ ।’
भावी नेतृत्वका दाबेदार तथा उपाध्यक्ष मदन भुलले राष्ट्रिय सम्मेलन तोकिएकै समयमा हुने दाबी गरे । ‘राष्ट्रिय सम्मेलन तोकिएकै समयमा हुन्छ । तर तयारी नपुगेकाले केही समय सम्मेलन लम्बिन सक्छ । तर स्थगित हुने वा मिति सार्ने हुँदैन’, उनले भने ।
अर्का उपाध्यक्ष पवन कार्कीले पनि तोकिएकै समयमा सम्मेलन सम्पन्न हुने दाबी गरे । ‘सम्मेलन सर्छ कि भन्ने बाहिर भ्रम सिर्जना भए पनि त्यस्तो हुँदैन,’ उनले भने ।
अर्का उपाध्यक्ष जीबी मैनालीले तोकिएकै समयमा सम्मेलन हुने स्पष्ट पारे । यद्यपि तयारी नपुगेकाले केही समय लम्बिन सक्ने उनको अनुमान छ ।
परिणाम आफ्नो पक्षमा पार्न नेताहरू अहिले जिल्ला दौडाहामा छन् । अहिलेसम्म ७० वटा जिल्लामा सम्मेलन सकिएको उपाध्यक्ष कार्कीले जानकारी दिए ।
उनका अनुसार प्रदेशतर्फ कोशी र गण्डकीको सम्मेलन सकिएको छ । लुम्बिनीको बन्दसत्र सुरु भएको छ । जिल्लातर्फ ७० प्रतिशतको हाराहारीमा सम्मेलन सकिएको उनले जानकारी दिए । ७७ वटा भौगोलिक र ११ गैर भौगोलिक जिल्ला छन् । प्रदेशतर्फ ७ वटा भौगोलिक र एक उपत्यका विशेष प्रदेश छ ।
क्रान्तिकारीको साउन अन्तिम साता सम्पन्न कार्यालय बैठकले भदौ २५ सम्म प्रतिनिधिहरू केन्द्रमा पठाइसक्न निर्देशन दिएको थियो । क्रान्तिकारीले विधान संशोधन गरी ३३ पदाधिकारीसहित २४३ केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । प्रस्तावित विधान पास गरेमा भेगीय सन्तुलन र समावेशी मिलाएर एक अध्यक्षसहित उपाध्यक्ष ९, महासचिव एक, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष एक जना पदाधिकारी रहनेछ ।
सम्मेलनले संशोधित विधान पारित गरेपछि नयाँ नेतृत्वको लागि निर्वाचन हुनेछ । यो पटक पदाधिकारीसहित सबै सदस्य निर्वाचन प्रक्रियाबाट छनोट हुने नेताहरूले बताएका छन् ।
- अध्यक्षमा सबै पदाधिकारीको दाबी
वर्तमान अध्यक्ष पञ्चा सिंह आफ्नो कार्यकाल पूरा गरी यही राष्ट्रिय सम्मेलनबाट बिदा हुँदै छिन् । भावी नेतृत्वका लागि उपाध्यक्ष र महासचिव आकाङ्क्षी देखिएका छन् । संगठनको विधान र कार्यविधि अनुसार उनीहरू तल्लो तहबाट चुनिएर आएमा अध्यक्षका मुख्य दाबेदार मानिन्छन् । अहिले ९९९ सदस्यीय आयोजक समिति रहेकोमा १७५ सदस्यीय पदाधिकारी छन् । भावी नेतृत्वको लागि महासचिव भन्दामाथि सबै आकाङ्क्षी रहेको उपाध्यक्ष मैनालीले बताए ।
‘भावी नेतृत्वका लागि महासचिव भन्दामाथि सबै आकाङ्क्षी छन् । उम्मेदवारी दिने घोषणा गर्नु स्वाभाविक हो’, मैनालीले भने ।
१९ जना आकाङ्क्षीमध्ये उपाध्यक्ष राजकुमार याक्सो लिम्बु विदेश गएका छन् । बाँकी उपाध्यक्षहरू इन्द्र कुमार भुसाल, जी.पी मैनाली, तुकमान महरा, मिलन एमसी, लक्ष्मी प्रसाद जोशी, सूर्यनारायण शाह, नरेश रेग्मी, प्रविना अधिकारी, गजेन्द्र प्रसाद देव, राजकुमार याक्सो लिम्बु, कल्पना मिया, मदन भूल, मदन भट्टराई, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, डा. अच्युत भट्ट, केशव रावल र महासचिव दीपेश पुन मगर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन