लगानी बोर्डमा ज्ञवालीले थाले काम
शुक्रबार, २८ भदौ २०८१, २२ : ३८

काठमाडौँ । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन् । ज्ञवालीले शुक्रबार पदभार ग्रहण गर्दै काम थालेका हुन् ।
सीईओ ज्ञवालीले पदभार ग्रहण गर्दै रणनीतिक लगानीलाई समयसीमा भित्र सफल बनाउन राजनीतिक देखि संस्थागत तहसम्मको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए ।
ज्ञवालीलाई लगानी बोर्डका पदाधिकारीहरुले स्वागत गरेका थिए । उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
उनले यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमदानबाटै स्थानीयले गरे सिंचाइ योजना मर्मत
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा