संविधान संशोधन छलफलको विषय बनाउनुपर्छ : अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको छलफलको विषय भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधन सार्वजनिक सरोकारको विषय भएकाले बृहत् छलफल गर्नुपर्ने स्पष्ट पारे ।
पूर्वप्रधानमन्त्री नेपालले संविधान संशोधनमा राजनीतिक दल, सांसद, आमजनताको सरोकारको विषय भएकाले सार्वजनिक छलफलको रुपमा ल्याउनु पर्ने धारणा राखे । उनले समानुपातिक निर्वाचन सम्बन्धमा आवश्यक छलफल गर्नुपर्ने सुझाव दिए ।
अध्यक्ष नेपालले भने, “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू नरहेको र यसले मुलुकमा जटिलता ल्याउने विश्वको इतिहासमा देखिएको छ ।” एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले हाम्रो मुलुक स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न देश भएकाले कसैको छत्रछाँयामा बस्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।
आफ्नो पार्टीको विरुद्ध अनेक षड्यन्त्र चलिरहेको बताउँदै उनले यस्तो कुरालाई आधारमा मानी पार्टीका नेताबीच अविश्वासका वातावरण सिर्जना गर्न नहुने बताए ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म