भैरहवास्थित एकीकृत भन्सार जाँच चौकीको भौतिक प्रगति ५४ प्रतिशत
बुटवल । भारतसँगको सीमावर्ती नाका भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी(आईसीपी) को काम ५४ प्रतिशत प्रतिशत सकिएको छ । भारतीय निर्माण के.एस.एम.वसिर मोहम्मद एन्ड सन्स लखनउ र कन्सल्टेन्ट राइट्स कम्पनीले निर्माणको कामलाई तीव्रता दिएको छ ।
२०८० को जेठबाट निर्माण सुरु गरेको कम्पनीले अहिले ५४ प्रतिशत भौतिक प्रगति गरेको परियोजना हेर्ने सङ्घीय आयोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । यस्तै अहिले वित्तीय प्रगति ५२ प्रतिशत भएको आयोजनाले जनाएको छ । कम्पनीले २ वर्षमा सक्ने गरी २०८० जेठमा सम्झौता गरेको थियो ।
प्रमुख पन्थीले पछिल्लो ६ महिना निर्माणको तीव्र रूपमा अगाडि बढाएकोले तोकिएको म्यादभित्र सक्ने अपेक्षा गरेको खुलाए ।
हालसम्म १० वटा भवनको ५० प्रतिशत निर्माण सकिएको छ भने दुईवटा भवनको काम फिनिसिङको चरणमा पुगेको छ । त्यस्तै, पार्किङतर्फ काम भइरहेको छ ।
आयोजना प्रमुख पन्थीकाअनुसार भारतीय कम्पनीसँग उपकरणहरू धेरै रहेकाले अव सन् २०२५ को जनवरीसम्म लक्ष्य पुराउने विश्वास लिएको बताए ।
दुई चरणमा निर्माण हुने परियोजनामा पहिलो चरणमा भौतिक निर्माण र त्यसपछि अर्को चरणमा डेकोरेशनको काम हुनेछ ।
भारु १ अर्ब ६१ करोड ७५ लाखमा निर्माण भइरहेको आईसीपीमा एकै पटक ६ सय ५२ ट्रक सामान आयात र २ सय ७० ट्रक निर्यात गर्न सक्ने कार्गो पार्किङस्थल निर्माण भइरहेको छ । आईसिपी निर्माणपछि दैनिक ८ सय ५० वटासम्म मालवाहक सवारी सहजै आवतजावत गर्न सक्ने छन् ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले एकीकृत भन्सार चौकी निर्माण भएपछि नेपाल र भारत दुवै देशमा व्यावासायीलाई सहज हुने रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?