तस्बिरमा हेर्नुहोस् पल्सर स्पोर्ट्स अवार्ड

काठमाडौँ । विभिन्न विधामा अवार्ड वितरण गर्दै ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ सम्पन्न भएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रमबाट वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले जितेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
यसैगरी सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड कराँतेका कुशल श्रेष्ठले जिते भने पारा एथलिट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले जितिन् ।
यसैगरी वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड कराँते खेलाडी एरिका गुरुङले जितिन् भने पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितिन् ।
यसैगरी ‘स्पेशल अवार्ड’ भलिबलकर्मी कुमार राईले पाए ‘स्पोर्ट्स जर्नालिस्ट अवार्ड’ कोरियन खेल पत्रकारले जिते ।
यसैगरी हेमन्त पाल वर्षको सर्वोत्कृष्ट युवा खेलाडी भने भने महिला कबड्डी टोली उत्कृष्ट घोषित हुँदा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेलाई प्रदान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
-
आन्दोलनमय बन्ने भयो चैत महिना, गणतन्त्रवादीदेखि राजावादीसमेत सडकमा उत्रिँदै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
सेक्ससँग जोडिएको सात प्रकारको डर जसले धेरैलाई तनावमा पार्छ
-
आंगिक क्याम्पस खोज्दै बागमती विश्वविद्यालय
-
कस्तो रहला तपाईँको चैत महिना ? हेर्नुहोस् मासिक राशिफल