संवैधानिक परिषद्
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक सुरु
शुक्रबार, २८ भदौ २०८१, १७ : ४७
_rDXo4Vjajp.jpg)
काठमाडौँ । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने जनाइएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । यसअघि बुधबार परिषद्को बैठक बोलाए पनि स्थगित भएको थियो ।
शुक्रबारको परिषद् बैठकको तयारी स्वरुप बिहीबार प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा छलफल भएको थियो ।
आजको बैठकबाट सिफारिसमा परेकामध्येबाट प्रकाशमान सिंह राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले १६ पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगायो
-
मातातिर्थ औँसीका दिन गुरु आमाहरूलाई कुटेर सरकारले राम्रो काम गरेन : सांसद सेजुवाल
-
राजामौलीको ड्रीम प्रोजेक्ट ‘महाभारत’मा नानी एक हिस्सा हुने
-
अनेरास्ववियुमा पनि उठ्यो उमेरहदको बहस
-
१३७ जना विद्यार्थीले तयार पारेका फेसन आकर्षक पहिरन प्रदर्शन गरिँदै
-
‘होस्टेल ३’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?