रोहितकुमार पौडेल सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित

काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले जितेका छन् । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनी वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा उनी वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
सो सूचीमा दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद सेखु आलम (कराँते), अनन्त तामाङ (फुटबल) र सुवास तामाङ (गल्फ) समेत परेपनि पौडेलले अवार्डमा बाजी मारेका हुन् ।
पौडेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट २५ खेल खेल्दै सर्वाधिक ६ सय ८० रन बनाएका थिए । यस क्रममा उनले पाँच अर्धसतक पनि प्रहार गरेका थिए ।
रोहितले १३३ भन्दा माथिको स्ट्राइकर रेटमा रन बनाएका थिए । उनले बलिङतर्फ चार विकेट पनि लिएका थिए । उनी २०८० सालमा एक दिवसीय संरचनामा पनि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
उनले एकदिवसीयतर्फ २३ खेलमा २५ को औसतले कुल पाँच सय २५ रन बनाएका थिए । यस क्रममा उनले तीन अर्धसतक बनाएका थिए भने १० वटा विकेट पनि लिएका थिए । नेपाललाई एसीसी प्रिमियर कपको विजेता बनाउन पनि उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
रोहितकै कप्तानीमा नेपालले पहिलो पटक भारत, पाकिस्तानजस्ता बलिया टेस्ट राष्ट्र सम्मिलित एसिया कप पनि खेलेको थियो । उनकै कप्तानीमा नेपाल १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा पनि छनोट भएको थियो र विश्वकप पनि खेलेको थियो ।
हाल रोहित लिग–२ खेल्न क्यानडामा रहकाले पुरस्कार उनका आमा र दाइले ग्रहण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन हजार भन्दा बढी करदाताले बुझाएनन् विवरण
-
घट्यो ट्रम्पप्रतिको जन समर्थन, ट्रम्पले आफूलाई बलियो बनाउँदै लगेपछि चिन्तित जनता
-
कति पारिश्रमिक पाउँछन् आईपीएलका चियरलिडर्सले ?
-
धरापमा छ टाइगर श्राफको ज्यान ?
-
९ महिनामा ३१ अर्बको तरकारी आयात
-
अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान