पलेशा गोबर्धनलाई पारा एथलिट सम्मान

काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत पारा एथलिट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई प्रदान गरिएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनले पारा एथलिट सम्मान हात पारेकी हुन् । उनले एक लाख रुपैयाँ नगद र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
पलेशा छनोट चरण पार गर्दै पारा ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी हुन् । चीनमा सम्पन्न एसियाली क्षेत्रको छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै पलेशा पेरिस पारा ओलम्पिकमा छनोट भएकी थिइन् ।
पलेशाले पारा ओलम्पिक खेलकुदमा सहभागिता जनाएको यो लगातार दोस्रो पटक हो । उनले चीनमा सम्पन्न पेरिस ओलम्पिकको एसियाली छनोटमा के–४४ अन्तर्गत महिलातर्फको ५७ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् ।
पले शाले फाइनलमा इरानकी खेलाडीलाई हराएकी थिइन् । पले शाले त्यसअघि जापानको टोकियोमा सम्पन्न पारा ओलम्पिक पनि खेलेकी थिइन् । टोकियो पारा ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकी थिइन् ।
‘वाइल्ड कार्ड’ मार्फत टोकियो ओलम्पिकमा सहभागिता जनाएकी पले शाले अमेरिकाकी ब्रियाना सालिनारालाई १०–० स्कोरले हराएकी थिइन् । उनले अर्को खेलमा सर्बियाकी मासिजा मिसेभलाई २३–१८ स्कोरले पराजित गरेकी थिइन् । कांस्य पदकका लागि भएको भिडन्तमा उनी चीनकी खेलाडी युजी लीसँग ९–१२ स्कोरले पराजित भएकी थिइन् ।
पलेशा सन् २०२३ मा चीनमा सम्पन्न एसियाली पारा खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने खेलाडी पनि हुन् । त्यसअघि कुनै पनि खेलाडीले एसियाली पारा खेलकुदमा पदक जित्न सकेको थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
-
शिक्षकपछि डाक्टरहरुले पनि थाले आन्दोलन, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा
-
लुम्बिनीमा विश्व सम्पदा सम्मेलन सुरु
-
समलैङ्गिक दृश्यता दिवस सम्पन्न, अधिकार उपभोग गर्न नपाएको गुनासो
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
घटाउँछु भनेका उद्योगीले बढाए सिमेन्टको मूल्य, फ्याक्ट्रीमै ७७१ रुपैयाँ प्रतिबोरा