कराँतेकी एरिका गुरुङ बनिन् वर्षको सर्वोत्कृष्ट महिला खेलाडी
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड कराँते खेलाडी एरिका गुरुङले जितेकी छन् । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनी वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएकी हुन् । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाइन् ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा उनी वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् । उनले साबित्रा भण्डारी (फुटबल), रुबिना क्षेत्री (क्रिकेट), सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र मेनुका राजवंशी (कबड्डी) लाई पछि पार्दै सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी हुन् ।
उदीयमान कराँते खेलाडी एरिकाले चीनको हाङचाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा उनले महिला ६८ केजी तौल समूहमा रजत जितेकी थिइन् ।
एरिका एसियाडको व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने दोस्रो नेपाली खेलाडी हुन् । उनी एसियाली खेलकुदमा रजत पदक जित्ने पहिलो नेपाली कराँते खेलाडी पनि हुन् । उनले अमेरिकामा सम्पन्न यूएस ओपन कराँतेमा पनि एक स्वर्ण र एक रजत पदक हात पारेकी थिइन् ।
यसका अतिरिक्त एरिकाले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा पनि स्वर्ण पदक चुमेकी थिइन् । उनी १९औँ एसियन गेम्स ओपन राष्ट्रिय कराँते च्याम्पियनसिप र १९औँ एसियन गेम्सको छनोट प्रतियोगितामा पनि पहिलो भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा
-
दलित युवामाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?