भलिबलकी कविता भट्टलाई पिपल्स च्वाइस अवार्ड
![भलिबलकी कविता भट्टलाई पिपल्स च्वाइस अवार्ड](https://npcdn.ratopati.com/media/news/kabita-bhatta_OkGxYrGSow.jpg)
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी छन् । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । पिपल्स च्वाइस विधाको विजेता उनले पल्सर एनएस ४०० मोटरसाइकल पुरस्कार पाइन् ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा पिपल्स च्वाइस अवार्डका लागि उनी मनोनयनमा परेकी थिइन् । उनले पिपल्स च्वाइस मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् ।
पिपल्स च्वाइस विधाका लागि फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परेका थिए ।
यो विधाको विजेताको घोषणा ई–सेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकका आधार गरिएको हो ।
उनले कुल खसेको मतको ५६ प्रतिशत प्राप्त गर्दै विजेता बनेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा