संसदीय दल बैठक
राष्ट्रियसभामा रिक्त रहेको दुई समितिमध्ये एकमा उम्मेदवारी दिने माओवादीको निर्णय
शुक्रबार, २८ भदौ २०८१, १७ : २६

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमध्ये एकमा उम्मेदवारी दिने निर्णय गरेको छ । अर्कोमा एकीकृत समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको छ ।
शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा सबेको दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचनमा मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरेको हो ।
यस्तै विधायन समितिको सभापति निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार दिउँसो १ बजे गर्ने गरी निर्वाचन कार्यक्रम प्रकाशन भएको छ । सकभर सहमतिका लागि पहल गर्ने नभए प्रक्रियामा गएर भए पनि विजय गराउने माओवादीले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध