उपसभामुख हटाउने निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल
_gP5Jrxfq4B.jpg)
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेबारे निष्कर्षमा नपुगेको बताएका छन् । शुक्रबार बसेको सचिवालय बैठकपछि महासचिव पोखरेलले उपसभामुख हटाउने भनेर बाहिर आएका चर्चाजस्तै कुनै निष्कर्षमा पुगिनसकेको बताए ।
पत्रकारले सोधेको प्रश्न दिँदै महासचिव पोखरेलले भने, ‘यसमा नेकपा एमालेको मान्यता उहाँमाथि उठेका प्रश्नमा उहाँको पार्टी र उहाँ स्वयंले स्पष्ट गर्नुपर्छ’, महासचिव पोखरेलले भने, ‘उहाँका विषयमा उठेका कुरा सत्य हुन् भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने स्पष्टै छ । यद्यपि अहिले जसरी चर्चामा आइरहेका विषयमा के गर्ने भन्ने कुनै निष्कर्षमा पुगेका छैनौँ ।’
उनले यो संसद्को मामिलाको विषय भएको पनि प्रस्ट पारे । संसद्लाई कति मर्यादित बनाउने भन्ने संसद् र दलहरूले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहने पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर