पल्सर स्पोर्ट्स अवार्ड
महिला भलिबलका अथक योद्धा कुमार राईले पाए ‘स्पेसल अवार्ड’
शुक्रबार, २८ भदौ २०८१, १७ : २१
![महिला भलिबलका अथक योद्धा कुमार राईले पाए ‘स्पेसल अवार्ड’](https://npcdn.ratopati.com/media/news/kumar-rai_76WZlE5qLm.jpg)
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत ‘स्पेसल अवार्ड’ भलिबलकर्मी कुमार राईले पाएका छन् ।
शुक्रबार राजधानीमा सम्पन्न अवार्ड समारोहमा उनलाई महिला भलिबलको विकासमा पुर्याएको योगदानको कदर गर्दै कुमार राईलाई स्पेसल अवार्ड प्रदान गरिएको हो । उनले एक लाख रुपैयाँ नगद र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
नेपालमा महिला भलिबल खेलको विकासमा कुमार राईको योगदान उदाहरणीय छ । उनले देशभित्र थुप्रै प्रतिभाशाली महिला भलिबल खेलाडी तयार पारेका छन् । उनले तयार पारेका महिला खेलाडीहरू अहिले राष्ट्रिय टोली र विभिन्न क्लबहरूमा आबद्ध भएर महिला भलिबलमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने