कर्णालीमा रणनीतिक अस्पतालहरू सञ्चालन गर्ने मन्त्री भण्डारीको घोषणा

सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा प्रादेशिक रणनीतिक अस्पतालहरू सञ्चालन गरिने बताएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा गरिएको स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो घोषणा गरेका हुन् ।
उनले अस्पतालको सेवा प्रवाह र सेवाग्राहीको अवस्थालाई अध्ययन गरी रणनीतिक अस्पताल तोकिने बताए। त्यसका लागि आन्तरिक रूपमा तयारी समेत भइरहेको बताए । समीक्षा कार्यक्रमबाट सरकारलाई सुझाव प्राप्त हुने अपेक्षा गरे । त्यसका आधारमा आफ्ना तर्फबाट आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता पनि उनले जनाए।
विभिन्न तालिमबाट लिइएको ज्ञानलाई सेवा भावको मनसायबाट सेवा प्रवाह गर्न सुझाव दिए । सेवा प्रदान गर्दा नागरिक सन्तुष्टिको मापन गर्नुपर्ने बताए। औषधिजन्य फोहोर मैला व्यवस्थापन, म्याद सकिएका औषधिको व्यवस्थापन, जनचेतनामूलक कार्यक्रम लगायतका विषयलाई ध्यान दिन आग्रह गर्दै कुपोषण जस्ता समस्या समाधानका लागि स्वयंसेविका लगायतका स्थानीय जनशक्ति परिचालन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा धमाधम बजेट निर्माण, कुन मन्त्रालयलाई कति सिलिङ ?
-
थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे