संसद् रेकर्डबाट हिंसा शब्द नहटाएसम्म अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरू संसदमा बोलेको अभिव्यक्तिको विषयमा समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न समेत निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
‘माओवादी जनयुद्धलाई एमालेले अपमानित गरेको छ । त्यो शान्ति सम्झौता र संविधानविपरित छ । संसद्मा तपाईँहरूले जसरी प्रतिवाद गर्न भएको ठिक छ । हिंसासँग मात्र होइन समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदनाम गर्ने ढङ्गले आएको छ । आगामी दिनमा त्यसको सशक्त प्रतिवाद गर्ने गरी समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ’, बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
यस्तै सभामुखले २६ गते गरेका रुलिङ चित्तबुझ्दो नभएको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ । एमालेका सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई हिंसा भनेपछि माओवादी सांसदले त्यसको प्रतिवाद गरेका थिए ।
संसद्को रेकर्डबाट हिंसा शब्द हटाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । तर घिमिरेले हिंसा शब्द असंसदीय नभएको बैठकलाई जानकारी गराएका थिए । सभामुख घिमिरेको रुलिङप्रति असहमति जनाउँदै माओवादीले बैठक अवरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन