भाजपाले माग्यो अरविन्द केजरीवालको राजीनामा

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्शत जमानत दिएको छ । जमानतमा छुटेपनि उनले मुख्यमन्त्रीको रूपमा कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्न पाउने छैनन् ।
मुख्यमन्त्रीको काम गर्न नपाउने भएपछि कुर्सीमा किन भनेर भारतीय जनता पार्टी (भाजपा)का दिल्ली अध्यक्ष वीरेन्द्र सचदेवाले प्रश्न गरेका छन् । उनले केजरीवालको पदबाट राजीनामा दिनुपर्ने पनि बताए । सशर्त जमानत दिएर अदालतले केजरीवालको गिरफतारी वैध भएको र आरोप पनि वैध छ भन्ने स्पष्ट गरेको उनको भनाइ छ । केजरीवालले सशर्त जमानत पाउनु विशेष उपलब्धि नभएको पनि उनले बताए ।
उनीमाथिको मुद्दा जारी नै रहेको र छिट्टै लामो सजाय हुने पनि उनले बताए । केजरीवाल जयललिता, लालु यादव, मधु कोडा जस्ता मुख्यमन्त्रीहरूको सूचीमा परेका र उनीहरूले जस्तै जमानत पाए पनि छिट्टै सजाय पाएर जेल जाने सचदेवाले भने । अदालतले जुन शर्त राखेर केजरीवाललाई जमानत दिएको छ त्यसमा उनलाई मुख्यमन्त्री पदमा बस्ने अधिकार नभएको उनले बताए । उनले मुख्यमन्त्रीको काम गर्न सक्दैनन् भने मुख्यमन्त्री किन बनिरहने भन्दै प्रश्न गरेका छन् । केजरीवाल इमान्दार छन् भने राजीनामा किन दिँदैनन् भन्दै उनले प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?
-
बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण